मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मानिसले किन टोक्छ नङ ? आउन सक्छ यस्ता स्वास्थ्य समस्या

केही मानिसहरूको नङ टोक्ने बानी हुन्छ । जानेर वा नजानेर उनीहरूले यो कार्य दोहोर्‍याइरहँदा कतिपय युवायुवती या पाका उमेरका मानिस नै नङ टोकिरहेका हुन्छन्।

नङ टोक्ने बानी छुटाउन नसक्दा विभिन्न प्रकारका सङ्क्रमण फैलिने डर हुन्छ।

किन हुन्छ यस्तो बानी ?

मनोविदहरुका अनुसार धेरै जसो तनावमा रहने मासिनमा यस्तो समस्या हुन्छ । यदि कोही नङ टोक्दैछन् भने बुझ्नुपर्छ उनीहरू तनावमा छन् ।

गहिरो पीडा सहन नसकेपछि मानिसले आफ्नै अङ्गसँग प्रतिक्रिया जनाउने क्रममा नङ टोक्ने हर्टफोर्डसाइर युनिर्भसिटीका प्राध्यापक करिन पाइन बताउँछन् ।

तर बालबालिका पनि तनावमा हुन्छन् त ? भन्ने प्रश्नले उनको जवाफलाई फिक्का बनाउँदा केही विज्ञहरूका अनुसार नङ टोक्ने, कपालका रौँ तान्ने, नाक कोट्याउने जस्ता गतिविधि मानिसको बानी वा आचरण हो।

कोही भने यसलाई पूर्ण रूपमा सन्की र सूक्ष्म मानसिक असन्तुलनको संज्ञा दिन्छन्। अझ कतिपय चिकित्सक त बारम्बार नङ टोक्ने आदत भएमा मनोविद् वा काउन्सिलरको सहयोग लिनुपर्ने राय नै दिन्छन् ।

यसले ल्याउने समस्या के–के हुन त ?

पहिलो कुरा त नङ टोक्दा त्यसको असर सौन्दर्यमा पनि अवश्य पर्छ। नङ कुरूप देखिनुका साथै औँलाको सौन्दर्य नै हराउँछ। ‍औँलाको टुप्पोबाट रगत पनि बग्छ।

त्यस्तै नङ टोक्दा नङमा भएको फोहर मुख हुँदै आन्द्रामा जाने भएकाले यसको पहिलो असर आन्द्रामा पर्छ। नङमा भएको फोहोरको माध्यमबाट पेटमा जुका पर्न सक्ने सम्भावना रहन्छ। यति मात्र नभएर सधैँ नङ टोक्नाले आन्द्राको क्यान्सर हुन्छ । 

यो बानीका कारण मासिनमा सास गनाउने समस्या समेत देखा पर्न सक्छ । नङ टोक्ने मानिसलाई पारोनाइसिया नामक छालाको सङ्क्रमण हुन्छ। यो सङ्क्रमणले नङ वरपरको छालालाई असर गर्छ। नङ रातो हुने र नङ वरपरको मासु सुन्निने खतरा हुन्छ।

यदि औँलामा मुसा छ भने, त्यो मुखभित्र या ओठमा सजिलै फैलिन सक्छ। मुखमा फोकाहरू आउन सक्छन्। मुसाको माध्यमबाट ह्युमन प्यापिलोमा भाइरस सर्न सक्ने पनि चिकित्सकहरूले औँल्याएका छन्। यो भाइरस पाठेघरको मुखको क्यान्सरको कारक हो।

यी बाहेक अन्य धेरै स्वास्थ समस्या नङ टोक्ने बानीले निम्त्याउन सक्छ । फलतः आजबाट नै यो बानीबाट छुटकारा पाउनुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?