मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्यका लागि हानिकारक हुन्छ काटेर राखेको फलफूल 

व्यस्त जीवनशैलीका कारण मानिसहरू फलफूल काटेर राख्ने र लामो समयपछि सोही फलफूल खाने गर्छन् ।

तर, स्वास्थ्य विशेषज्ञहरू काटेर राखेको फलफूल खानु स्वास्थ्यका लागि फाइदाजनक नभएको बताउँछन् । फलफूल काटेर राख्दा त्यसमा सूर्यको प्रकाश सिधा पर्ने भएकाले पोषक तत्त्वमा कमी आउने र काटेर राखिएको फलफूल छिट्टै सड्ने पनि हुन्छ । 

फलफूल काटेर लामो समयसम्म राख्दा त्यसमा हुने भिटामिन सी, बिटा केरेटेनाइड्स, एन्टिअक्सिडेन्ट, मिनरल र अन्य पोषक तत्त्वहरूमा कमी आउँछ । फलफूल प्रकाश र अक्सिजनको सीधा सम्पर्कमा आउँदा भिटामिन सी गायब हुन्छ । यसका साथै, फल प्राकृतिक रूपमा बोक्राले ढाकिएको हुन्छ ।

जसका कारण यसमा रहेको भिटामिन ए र ई पनि हुन्छ । जब यसलाई काटिन्छ यसको सुरक्षा कवच पनि निक्लन्छ ।फलफूलमा एन्टिअक्सिडेन्टबाट हुन्छ र काटेर खुला राख्दा अक्सिजनसँग प्रतिक्रिया जनाएर विषाक्त बन्न थाल्छ । त्यसैले काटेर राखेको फलफूलको तुलनामा ताजा फल खानु स्वस्थ हुन्छ ।

बजारमा पाइने काटिएको फल, सलाद आदि खानबाट जोगिनु आवश्यक छ । किनकि यसमा सङ्क्रमण र खाद्य विषाक्तको सम्भावना हुन्छ । यस्तोमा काटिएको फल देख्न जत्तिकै राम्रो भए पनि अपच हुन सक्छ । फलफूल काट्नाले यसको रेस्पिरेशन दर बढ्छ । जसका कारण यसमा कार्बनडाईअक्साइड रिलिज हुन्छ र सुगरको मात्रा पनि बढ्छ ।

यसबाट फलको रङ्ग त्यसको टेक्श्चर सबै प्रभावित हुन्छ । यद्यपि यसलाई काटिएको १० मिनेट भित्र खानु राम्रो हुन्छ । यदि स्टोर गर्नु नै छ भने पनि ग्लास वा स्टिलको एयरटाइड कन्टेनरमा रेफ्रिजरेट गरेर ३ देखि ४ घण्टासम्म राख्न सकिन्छ । यसो गर्नाले फलमा रहेको पोषक तत्त्व नष्ट हुनबाट जोगिन्छ । 

तर, फलका किसिम अनुसार काटेर राख्ने समय फरक हुन्छ । न्यूट्रिसियनिस्ट बिन्दु बजाजका अनुसार फल काट्नाले त्यसमा रहेको बी कम्प्लेक्स भिटामिन, फाइबर र मिनरल नष्ट हुन्छ ।

प्लास्टिकको टिफिनमा फल राख्नु पनि स्वास्थ्यका लागि ठिक हुन्न । बोक्रा सहित फल खानु तपाईँको स्वास्थ्यका लागि लाभदायक हुन्छ । खानु भन्दा पहिले त्यसलाई पानीले राम्ररी पखाल्नु पर्दछ ।

बिना बोक्रा फल खानाले त्यसमा भएको फाइबरको मात्रा पनि रहिरहन्छ । स्याउ, गाजर र काँक्रो जस्ता फल बिना बोक्रा खादा पनि स्वादिष्ट लाग्छ साथै स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।

यसो नगर्नाले फल प्रदूषित भएर तपाईँको पाचन प्रणालीलाई नोक्सानी पुर्‍याउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?