मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दोस्रो पटक आमा बन्दै अनुष्का शर्मा

काठमाडौँ – बलिउड अभिनेत्री अनुष्का शर्मा दोश्रो पटक आमा बन्दै छिन् । उनको गर्भावस्थाको बारेमा पहिल्यैदेखि समाचार आइरहेको सन्दर्भमा यो लगभग पुष्टि भएको हो ।

शनिबार आफ्नो लाइभ कुराकानीमा दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डिभिलियर्सले यो पुष्टि गरेका हुन् । 

उनले भारत र इङ्ल्यान्डबीच भएको ५ म्याचको श्रृंखलाबारे बुझ्न आफूले विराट कोहलीलाई फोन गरेको बताए ।

कोहलीले टेष्ट नखेल्नुको कारण बारे स्पष्ट पार्दै उनले कोहली ठीकठाक रहेको, परिवारसँग समय बिताउँदै बसेको तथा कोहली दम्पती दोस्रो सन्तानको पर्खाइमा रहेको खुलासा गरेका हुन् ।  

कोहलीले व्यक्तिगत कारण देखाउँदै इंग्ल्यान्डविरुद्धको शृंखलाको पहिलो दुई टेस्टबाट पछि हटेका छन् र बीसीसीआईले एक विज्ञप्तिमा फ्यान र मिडियालाई कोहलीको निर्णयको कारणको बारेमा अनुमान नगर्न आग्रह गरेको छ ।

पहिलो सन्तान हुँदा समेत उनले परिवारलाई प्राथमिकता दिएका थिए । यसैका लागि कोहली ४ टेस्टको शृंखला पछि उनी घर फर्केका थिए । 

विराट र अनुष्काले सन् २०१७ मा विवाह गरेका थिए । स्टार दम्पतीले यसै वर्ष जनवरीमा छोरी वामिकाको तेस्रो जन्मदिन मनाएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?