मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मिस नेपाल नर्थ अमेरिका २०२४ को आवेदन खुला,‘ट्रान्सवुमन’ले पनि सहभागी हुन पाउने

काठमाडौँ – छैटौँ संस्करणको मिस नेपाल नर्थ अमेरिकाको लागि आवेदन खुला भएको छ । आयोजक ड्रीम्स युनिभर्सल एलएलसीले आयोजना मिति घोषणा गर्दै आवेदन खुल्ला गरेको हो । 

सार्वजनिक कार्यक्रम अनुसार प्रतियोगिताको फिनाले साउन १९ गते (अगस्ट ३) मा अमेरिकाको आर्थिक सहर न्यूयोर्कमा हुने छ । आयोजक प्रमुख शैलेन्द्र श्रेष्ठका अनुसार अमेरिका र क्यानडामा बसोबास गर्दै आएका १८ देखि २९ वर्षसम्मका नेपाली अविवाहित युवतीले प्रतियोगितामा भाग लिन सक्ने छन् ।

मिस नेपालको प्रतिस्पर्धा गराउँदै आएको हिडन ट्रेजरसँगको सहमतिअनुसार नर्थ अमेरिकाको विजेतालाई आगामी मिस नेपालको प्रतिस्पर्धामा सीधा छनोटको मौका हुनेछ । 

त्यस्तै पर्यटन बोर्डको सद्भावना दूतको रुपमा पनि नियुक्त हुने मौका मिल्नेछ भने यो पल्ट ‘ट्रान्सवुमन’ले पनि सहभागी हुने अवसर पाउनेछन् । 

सन् २०१७ देखि मिस नेपाल नर्थ अमेरिकाको इतिहास सुरु भएको हो । पहिलो उपाधि मोनिका घलेले जितेकी थिइन् । गत वर्ष जुब्ली शेर्पाले त्यो अवसर प्राप्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?