मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेरिकाले भारतलाई ४ अर्ब डलरको सशस्त्र ड्रोन विक्री गर्ने

काठमाडौं – अमेरिकाले भारतलाई करिब ४ अर्ब अमेरिकी डलर बराबरको सुरक्षा सामाग्री विक्री गर्ने भएको छ । ३१ वटा सुरक्षा ड्रोन, क्षेप्यास्त्र सहित युद्धक उपकरण भारतलाई बिक्रि गर्ने सम्वन्धमा अमेरिकी संसदले स्वीकृती दिएको हो ।

अमेरिकी संसदले स्वीकृति दिएसँगै सो युद्धक सामग्री भारतलाई बिक्रि गर्ने बताइएको बीबीसीले उल्लेख गरेको छ । ड्रोन संगै ३ सय १० बम लगायतका युद्ध सामग्री बिक्रि गर्ने पेन्टागनले उल्लेख गरेको छ ।

यो सहमतिले विदेश नीति,राष्ट्रिय सुरक्षा र दुई देशबीचको सम्बन्ध मजबुद् बनाउने जनाइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०२३ मा अमेरिका भ्रमण जाँदा एम क्यु प्रिडेटर ड्रोन लगायत अन्य युद्ध सामग्री दिने बारे सहमति भएको थियो ।

तर अमेरिकी भूमिमा पृथकतावादी खलिस्तानी नेताको हत्या गरेको आरोपपछि डिसेम्बरमा सिनेटको समितिले सो सम्झौतालाई रोक्का गरिदिएको थियो । अमेरिकी कङ्ग्रेसले अनुमोदन गरेपछि यो सम्झौता पूरा हुने देखिएको छ ।

यस सम्झौताअन्तर्गत भारतले अमेरिकासँग ३१ थान सशस्त्र एमक्यू–९ बी गार्डियन ड्रोन, १७० एजीएम–११४आर हेलफायर मिसाइल र ३१० थान लेजर बम्ब, सञ्चार र सर्भिलियन्स उपकरण आदि किन्ने पेन्टागनले बताएको छ ।

अमेरिकी सरकारले हत्या मामिलाबारे पूरा छानबिन गर्न सहमति गरेपछि सिनेटर बेन कार्डिनले सम्झौतामाथि आफूले लगाएको रोक फिर्ता लिएका थिए ।

यो हत्या प्रकरणमा आफ्नो संलग्नताको भारतीय विदेश मन्त्रालयले बारम्बार खण्डन गर्दै आएको छ । यो आरोपबारे छानबिन गर्न मन्त्रालयले उच्च स्तरीय छानबिन समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?