मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दोस्रो ‘जूनकीरी गजल साँझ’ सम्पन्न

काठमाडौं । जूनकीरी अविश्रान्त उज्यालोले दोस्रो ‘जूनकीरी गजल साँझ’ सम्पन्न गरेको छ । आज काठमाडौंको शिल्पी थिएटरमा आयोजित एक समारोहका बीच कार्यक्रम सम्पन्न भएको हो ।

गजल साँझमा गजलकार बाबु त्रिपाठी, सुमन स्मारिका, रूपक वनवासी ररहेका थिए । पुस्तकालय सहयोगार्थ आयोजित जूनकीरी गजल साँझमा गजलकारले आफ्नो भावनालाई गजलका माध्यमबाट प्रस्तुत गर्दै दुःख, सुख, हाँसो, रोदन र पीडा र सुखीका कुरा व्यक्त गरेका थिए ।

तीन चरणमा भएको गजल साँझमा सहयोगी सङ्घसंस्थालाई सम्मान गरिएको थियो । यस गजल साँझबाट प्राप्त पुस्तक तथा आर्थिक सहयोग रूकुमपूर्वका भूकम्पबाट प्रभावित क्षेत्रमा पुस्तकालय निर्माणाार्थ प्रयोग गरिने संस्थाका सचिव सुवर्ण गौतमले बताए ।

जूनकीरी अविश्रान्त उज्यालो समाजका विभिन्न क्षेत्रमा रहेका व्यक्तिलाई विभिन्न तह र तप्काबाट सहयोग गर्दै आइरहेको संस्था हो । जूनकीरीले विभिन्न समयमा सामाजिक, आर्थिक तथा सहयोगी काम गर्दै आइरहेको छ । गजल साँझमा विभिन्न व्यक्तिले पुस्तक सहयोग गर्नुका साथै आगामी दिनमा साथ र सहयोगसहित अगाडि बढ्ने भावना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?