मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

संगीता श्रेष्ठको निर्देशनमा निर्मित ‘चल्ने हावालाई’ प्रदर्शनमा

काठमाडौं । चलचित्र निर्देशक संगीता श्रेष्ठको निर्देशनमा निर्मित ‘चल्ने हावालाई’ गीतमाथिको म्युजिकल फिल्मको शनिबार पहिलो प्रदर्शन गरिएको छ ।

समाजमा महिलाप्रतिको दृष्टिकोण र सशक्तीकरणका विषय समेटिएको म्युजिकल फिल्म शनिबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्दै रिलिज गरिएको हो । शिव चम्लागाईंको शब्द/संगीत रहेको गीत सरु पराजुलीले गाएकी हुन् ।

१२ मिनेट अवधिको म्युजिकल फिल्ममा कलाकारहरु संचिता लुइटेल, बेनिशा हमाल, गजित विष्ट, सोनिका बास्तोला, थमन सिंह पुर्जा, किस केसी र बालकलाकार समृद्धि श्रेष्ठले अभिनय गरेका छन् ।

गीत रिलिज कार्यक्रममा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगर, नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल लगायतको उपस्थिति थियो । म्युजिकल फिल्म हेरेपछि उपसभामुख रानामगरले गन्तव्यसम्म पुग्न एक चेलीले भरेको मिहिनेतको उडान देखाइएको बताइन् । साथीभाइ पढ्न जाँदै गर्दा आफू गोठालो जाने गरेको बिगत उनले स्मरण गरिन् ।

उनले भनिन् ‘साथीभाइहरु कापीकिताब बोकेर विद्यालय जाँदै गरेको देख्दा म गोठालो जान्थेँ । मैले पनि स्कुल जाने सपना देख्थेँ । त्यो सपनाको उडान भर्नका लागि सिन्काहरुले कोरेर क, ख, ग लेख्न थालेको हो ।’

आफ्नो जीवनका संघर्ष सुनाउँदै भावुक भएकी उनले सपना देख्न छाड्न नहुनेमा जोड दिइन । जस्तोसुकै परिस्थितिमा पनि परिवर्तन चाहने मान्छेले मिहिनेत गर्न छाड्न नहुने उनले बताइन् ।

यस्तो छ भिडियो-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?