मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ओलाले ल्यायो सबैभन्दा सस्तो इलेक्ट्रिक स्कुटर

काठमाडौं – ओला इलेक्ट्रिक, ठूला इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी कम्पनीहरू मध्ये एकले नयाँ इलेक्ट्रिक स्कुटर लन्च गरेको छ । इलेक्ट्रिक दुई पांग्रे सवारी निर्माता ओला इलेक्ट्रिकले एस १ इलेक्ट्रिकको नयाँ रेञ्ज लन्च गरेको हो । यो कम्पनीको सबैभन्दा सस्तो इलेक्ट्रिक स्कुटर हुनेछ। यसको मूल्य १ लाखभन्दा कम हुनसक्ने बताइएको छ ।

कम्पनीको लाइन अपमा अब कुल ६ अटो इलेक्ट्रिक स्कुटर भएको छ। ईभी निर्माताले एस १ एक्स इलेक्ट्रिक स्कुटरलाई नयाँ भेरियन्टको ४ किलोवाट आवरको ब्याट्री प्याकका साथ लन्च गरेको हो।

स्कुटरले फुल चार्जमा १९० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यो ओलाको हालसमको सर्वाधिक महँगो र फिचर लोडेड मोडल एस१ प्रो जस्तै छ। यसको मूल्य १ लाख ९ हजार ९९९ भारु तोकिएको छ। यसको डेलिभरी अफ्रिलदेखि सुरु हुनेछ।

यसका साथैं ओला इलेक्ट्रिकले भारतमा आफ्नो सर्भिस नेटवर्क उत्कृष्ट बनाउनुका साथ साथै आगामी केही महिना भित्रमा आफ्नो ग्राहका लागि एक व्यापक ईभी चार्जिङ नेटवर्क प्रदान गर्ने घोषणा गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

ओला इलेक्ट्रिकका सीईओ तथा संस्थापक भाविश अग्रवालले भने, ‘भारतको सबैभन्दा ठूलो इलेक्ट्रिक दुई पांग्रे निर्माता कम्पनी आफ्नो सर्भिस सेन्टर ५० प्रतिशतसम्म बढाउने छर अर्को त्रैमासिक भित्रमा हाइपरचार्जर नेटवर्क नौ गुणासम्म बढाइने छ।’

हाल भारतमा ओलाको ४०० सर्भिस सेन्टर र करिब एक हजार ईभी चार्जिङ प्वाइन्ट छ। ओला इलेक्ट्रिकले यस वर्षको अप्रिलसम्म भारतमा थप २०० सर्भिस सेन्टर खोल्नेछ।

साथै कम्पनीले आफ्नो ईभी चार्जिङ नेटवर्क ठूलो परिणाममा विस्तार गर्ने घोषणा गरेको छ। कम्पनीले आगामी त्रैमासिकसम्म १० हजार चार्जिङ प्वाइन्ट बनाउने फैसला गरेको छ।

ओला इलेक्ट्रिकले भारतमा ओला हाइपरचार्जर नेटवर्क स्थापित गरेको छ। यो कम्पनीको फास्ट चार्जरको एडभान्स भर्सन हो। यसका साथै ओला इलेक्ट्रिकको पोर्टेबल फास्ट चार्जर पनि पेश गरेको छ।

चार्जिङको सुविधाका लागि यी चार्जर घर वा कार्यालयमा स्थापित गर्न सकिन्छ। यो पोर्टेबल फास्ट चार्जर ३० हजार भारुमा किन्न सकिन्छ। यो चार्जर ओला स्कुटर किन्दा उपलब्ध हुने स्ट्यान्डर्ड चार्जर भन्दा ७० देखि ८० प्रतिशत तीब्र हुनेछ। साथै ओलाले आफ्नो ब्याट्रीमा ८ वर्षको वारेन्टी दिइरहेको छ।

ओला इलेक्ट्रिकले चाँडै नै प्रारम्भिक सार्वजनिक अफर ‘आईपीओ’ लन्च गर्ने योजना बनाएको छ । यसका लागि कम्पनीले गोल्डम्यान साक्स र कोटक बैंकलाई लगानी बैंकर नियुक्त गरेको छ । ओला इलेक्ट्रिकमा जापानको सफ्टबैंक ग्रुप र टाइगर ग्लोबल इन्भेष्टमेन्ट जस्ता लगानीकर्ताको सेयर रहेको कम्पनीले करिब दुई वर्षअघि विद्युतीय स्कुटर बिक्री गर्न थालेको थियो । ३८ प्रतिशत सेयरसहित यो बजारमा पहिलो स्थानमा पुगेको छ ।

ओला इलेक्ट्रिकले गत वर्ष पुणेमा आफ्नो पहिलो अनुभव केन्द्र खोलेको थियो। ओला इलेक्ट्रिकले आगामी केही महिनामा अनुभव केन्द्रको संख्या १ हजार पुर्याएने लक्ष्य राखेको छ । विगत केही वर्षयता विद्युतीय स्कुटरको बिक्री तीव्र गतिमा बढेको छ । यो बजारमा धेरै कम्पनीहरुले आफ्ना मोडलहरु ल्याइरहेका छन् ।

साथै ओलाले यस वारेन्टीलाई ४ हजार ९९९ भारुको सुरुवाती मूल्यमा १ लाख किलोमिटर र १२ हजार ९९९ भारुको सुरुवाती मूल्यमा १ लाख २५ हजार किलोमिटरसम्म बढाउने सुविधा उपलब्ध गराइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?