मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राैतहटमा एक किलो खसीको मासु किन्न ९ सयदेखि ९५० तिर्नुपर्ने

रौतहट- राैतहटमा खसीको मासुको मूल्य ९ सयदेखि ९५० रुपैयाँसम्म निर्धारण गरिएको छ । 

जिल्लाको मुख्य व्यापारिक केन्द्र गरुडा बजार क्षेत्रमा आन्द्राभुँडी समेतको मासु प्रतिकिलो ९ सय रुपैयाँ र आन्द्राभुँडी नभएको मासुको मूल्य प्रतिकिलो ९५० रुपैयाँ निर्धारण गरिएको हो ।

स्थानीय मासु व्यापारी र उद्योग वाणिज्य संघ गरुडाको संयुक्त बैठकले मूल्य निर्धारण गरेको हो । बैठकले निर्धारित मूल्यभन्दा बढीमा खसीको मासुको बिक्री गर्ने व्यवसायीलाई कारवाही गर्ने निर्णय समेत गरेको छ ।

पछिल्लो समय गरुडा बजार क्षेत्रमा केही व्यवसायीले मनपरी मूल्यमा खसीको मासु बिक्री गरिरहेको गुनासो बढेपछि मूल्य निर्धारण गरिएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?