मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रियंका चोपडा र निक जोनसले किन छाडे घर ?

काठमाडौँ – प्रियंका चोपडा र निक जोनसले अमेरिकाको लस एन्जलसस्थित आफ्नो घर छाड्नुपरेको छ । यो बङ्गला यो जोडीले सन् २०१९ मा करिब दुई करोड डलरमा किनेका थिए ।

खबरअनुसार घरमा पानी चुहावटले क्षति पुर्‍याएपछि उनीहरूले कठिनाइको सामना गर्नुपरेको थियो । जसले गर्दा घरमा ओसिलोपन देखिन थालेको थियो । यस विषयमा उनीहरूले प्रोपर्टी डिलरविरुद्ध मुद्दासमेत दायर गरेका छन् ।

रिपोर्टअनुसार प्रियंका र निकले मे २०२३ मा घर बेच्ने बिक्रेताविरुद्ध मुद्दा हालेका थिए । जबदेखि सम्पत्ति खरिद गरिएको थियो, त्यहाँ स्पा र पुलमा समस्या आउन थालेको थियो । 

यो घरमा प्रियंका आफ्ना पति निक जोनस र छोरी मालतीसँग बस्दै आएकी थिइन् । यो विलासी घरमा सात शयनकक्ष, नौ बाथरुम,  तापमान नियन्त्रित वाइन सेलर, शेफको किचन, होम थिएटर, बलिङ गल्ली, स्पा, स्टीम सावर, जिम र बिलियर्ड कोठा छन् ।

घर बेच्ने व्यक्तिलाई दम्पतीले मुद्दा हालेका छन् । पानी चुहिँदा स्वास्थ्यमा असर पार्ने र स्वास्थ्य बिग्रिन सक्ने उनीहरूले उजुरीमा उल्लेख गरेका छन् । 

घरको धेरै भागमा लेउ लाग्ने समस्या पनि देखिन्थ्यो । त्यसयता घरको बार्बीक्यू क्षेत्रमा पानी चुहिने समस्या पनि सुरु भएको थियो ।

यस समस्याबाट भएको नोक्सानीको क्षतिपूर्ति दिनुपर्ने दम्पतीले माग गरेका छन् । साथै, क्षतिग्रस्त वस्तुको मर्मत खर्च क्षतिपूर्तिको माग गरिएको छ । यो घरको मर्मत गर्न करिब १५ लाख डलरदेखि २५ लाख डलर लाग्ने बताइन्छ ।

अहिले प्रियंका र निक छोरीलाई लिएर अर्को घरमा बसेका छन् । चुहावटको समस्या समाधान नभएसम्म उनीहरू अर्को घरमा बस्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?