मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शरीरमा ट्याटु खोप्दा फाइदा कि बेफाइदा ? के भन्छन् डा. रवीन्द्र पौडेल ?

काठमाडौँ– पछिल्लो समय नेपालमा ट्याटु खोप्ने प्रचलन निकै बढेको छ । अरूको देखासिकी गरेर ट्याटु खोप्ने चलन युवापुस्तामा अझ बढ्दो छ ।

पहिले सहरिया युवाहरूले ट्याटु खोप्ने गरे पनि आजभोलि भने गाउँतिर पनि यो प्रचलन बढेको छ । तर, विभिन्न रिपोर्टहरूले ट्याटु खोप्ने शरीरका लागि हानिकारक हुने देखाएको छ ।

छाला रोग विशेषज्ञ डाक्टर रवीन्द्र पौडेल शरीरमा ट्याटु खोप्नु राम्रो नभएको तर्क गर्छन् । उनका अनुसार शरीरमा ट्याटु खोप्दा ती भागमा एलर्जी हुने र खतहरू समेत बस्न सक्ने हुन सक्छ ।

कतिपय अवस्थामा जागिर खान र विदेश जान समेत समस्या हुने गर्छ ।

विभिन्न अनुसन्धानले के पनि देखाएका छन् भने कतिपय युवामा ट्याटु खोप्दा आफूले चाहे अनुसार नहुँदा मानसिक समस्या पनि देखिने गरेको छ ।

यदि कसैलाई ट्याटु खोप्नु परेमा पहिले शरीरमा कुनै एलर्जी छ कि छैन, त्यही अनुसार मात्र ट्याटु खोप्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?