मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ल्यापटपलाई टिभीमा कसरी कनेक्ट गर्ने ? 

प्रविधिको विकाससँगै ल्यापटप टिभी, मोबाइल जस्ता साधनहरू मानव जीवनका अभिनन अङ्ग नै बनेका छन् । 

प्रायजसो ल्यापटप काम गर्नका लागि आवश्यक हुन्छ भने टिभी मनोरञ्जनका लागि प्रयोग गर्ने गरिन्छ । तर धेरै पटक विभिन्न प्रस्तुतिहरू  दिनको लागि वा चलचित्र स्ट्रिमिङका लागि ल्यापटपलाई टिभीसँग कनेक्सन गराउनुपर्दछ । 

तर कतिपयलाई ल्यापटपलाई टिभीमा कसरी जडान गर्ने अन्योल हुने गर्दछ ।  तर हामीले यहाँ ल्यापटपलाई टिभीमा कनेक्ट गर्ने सजिलो तरिकाका बारेमा उल्लेख गरेका छौ ।

ल्यापटपलाई टिभीमा कनेक्ट गर्नका लागि कास्ट सुविधाको प्रयोग गर्न सकिन्छ । 

कास्टको प्रयोगका लागि तपाईँले ल्यापटप र टिभीलाई एउटै वाईफाई नेटवर्कमा कनेक्ट गर्नुपर्ने हुन्छ । 

अब ल्यापटपमा टगल क्लिक गरेर कास्ट वा प्रोजेक्ट विकल्प चयन गर्नुपर्छ । यदि यदि टिभीको नाम देखिएन भने, मोर डिस्प्ले सेटिङ्गमा गई चयन गर्न सकिन्छ ।

यसपछि तपाईँले कनेक्ट टू अ वायरलेस डिस्प्लेको अप्सनमा गएर कनेक्सनमा ट्याप गर्नुपर्छ ।

यसपछि ल्यापटपमा टिभीको नाम देखिन्छ, र तपाईँले टिभीको नाममा क्लिक गर्ने बित्तिकै, तपाईँको ल्यापटप तुरुन्तै टिभीमा कनेक्ट हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?