मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल आउँदै ‘ओपेनहाइमर’का लेखक काई बर्ड

काठमाडौँ – विश्वचर्चित हलिउड फिल्म ‘ओपेनहाइमर’ फेम्ड लेखक तथा पुलित्जर पुरस्कार विजेता काई बर्ड नेपाल आउने भएका छन् ।

उनी ‘नेपाल लिटरेचर फेस्टिभल – २०२४’ मा सहभागी हुन नेपाल आउन लागेका हुन् । उनी ३ देखि ७ फागुनसम्म पोखरामा हुने फेस्टिभलमा सहभागी हुने निश्चित भएको आयोजकले जनाएको छ ।

बर्डको चर्चित पुस्तक ‘अमेरिकन प्रोमेथियस : द ट्रिम्प एण्ड ट्रयाजेडी अफ जे रोबर्ट ओपेनहाइमर’मा आधारित रहेर उक्त फिल्मको निर्माण भएको हो ।

फेस्टिभलमा यही पुस्तक बारे चर्चा हुने छ । आयोजकका अनुसार पुस्तकमाथि बर्डसँग पत्रकार कुन्द दीक्षितले कुराकानी गर्ने छन् । 

फिल्म  ‘ओपेनहाइमर’ले ओस्कार पुरस्कारका १३ विधामा मनोनीत भएको छ । यो फिल्मले विश्वभर तहल्का मच्चाएको थियो । उनी  एक दशकअघि केही वर्ष काठमाडौँमैं रहेर पुस्तक लेखनमा संलग्न रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?