मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लक्ष्मण सुवेदीको फिल्म ‘पार्वती’को घोषणा

काठमाडौँ – लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्ने फिल्म ‘पार्वती’को घोषणा गरिएको छ ।

सामाजिक प्रेमकथामा बन्न लागेको यो फिल्मको सुवेदीको जन्म दिनको अवसर पारेर घोषणा गरिएको हो ।

फिल्म जेठ महिनामा फ्लोरमा जाने छ भने प्रदर्शन २०८१ सालको महाशिवरात्रिमा गर्ने तय गरिएको छ।

नेपाली र अङ्ग्रेजी भाषामा बन्ने चलचित्रमा अभिनय गर्ने कलाकार तथा अन्य प्राविधिकहरूको बारेमा भने अहिले खुलाइएको छैन। 

‘गाउँले केटी मो’ स्लोगन दिइएको फिल्म ‘पार्वती’  दिलासा र सारा सुवेदीको प्रस्तुति हो भने  श्रीदेवी सुवेदी निर्माता हुन् । 

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहने चलचित्रको चलचित्रको वितरण श्रीराम बालाजी फिल्म्सका सुनिल मानन्धरले गर्नेछन् ।

अहिले लक्ष्मण सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘सतीदेवी’ पनि सेन्सर पास भएर प्रदर्शनको तयारीमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?