मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो पाइल्स ? कसरी बच्ने ?

पाइल्सलाई टेक्निकल भाषामा हेमोरोइड भनिन्छ । हिमको अर्थ ब्लड र सर भनेको रगतको फ्लो हो । यो दुबै टर्मबाट हेमोरोईड बनेको हो ।

पाइल्स भनेको नशाको बल भनेर बुझ्न सकिन्छ । मलद्वारको नशाहरूलाई पृथ्वीको गुरुत्वकेन्द्रले तानिरहेको हुन्छ, जसले गर्दा पाइल्स हुन्छ । ठूलो आन्द्राको अन्तिम भागमा मलद्वार हुन्छ । लगभग चार सेमी इन्च लामो मलद्वार सुन्निएमा पाइल्स हुने गर्छ ।

 पाइल्स भएमा मलद्वारको आन्तरिक (भित्री) भाग तथा बाह्य भागमा मासुको डल्लो जस्तो गाँठो पर्ने गर्छ । जहाँबाट बेलाबेलामा रगत निस्कने गर्दछ । दिसा बस्दा थप दबाब सिर्जना भएमा त्यहाँबाट मासुको डल्लो समेत निस्कने गर्छ ।

अचेल धेरै जसो मानिसहरू पाइल्स समस्याको सिकार भएको पाइन्छ । मानिसको दिशा गर्ने ठाउँ वरिपरि रहेका रक्तनशाहरु विविध कारणबाट सुन्निएको या मांसपेशीका अङ्कुरहरूको आकार बढ्न गएमा यस स्थितिलाई पाइल्स भनिन्छ ।

यो अवस्था बढ्दै जाँदा मांसपेशीको आकार चनाको दाना जत्रो सम्म हुन पुग्छ र दिशा गर्दा पीडा हुन थाल्छ । 

बिना अप्रेशन पाइल्स रोगबाट छुटकारा पाउन अपनाउनुहोस् यी घरेलु उपाय :

–करेलाको रस र हर्रो को धुलो  मिलाई लगातार दिनहुँ सेवन गरे पाइल्स  निको हुन्छ । 

–निमको फल र सिन्दुरे वृक्षको गेडाको धुलो मिसाई सेवन गर्ने गरेमा खटिरा सुकेर जान्छ । साथै तुलसीको धुलो पानी सित पिउनाले पनि पाइल्स निको हुन्छ ।

– बेसारको धुलो दूधमा मिसाएर लेप बनाई लगाउनाले पनि पूर्ण आराम हुन्छ । 

– पाइल्स रोगीलाई कब्जियत भएमा सुठो वा त्रिफलाको धुलो २ हप्ता सम्म मनतातो पानीसँग खाने गरेमा फाइदा गर्दछ । साथै भाँगको पातको लेप गर्नाले अर्श–पिडा शान्त हुन्छ ।  

–भुटेको तिल पिसेर अचार जस्तै केही दिन सम्म निरन्तर सेवन गरेमा लाभ हुन्छ । 

–पायल्सको फोकामा नीमको तेल दिनहुँ लगाए चाँडै नै आराम हुन्छ । 

–पाइल्सका बिरामीहरूका लागि बरफको सेकाई प्रभावकारी उपचार हुनसक्छ । किनकि यसले रक्तसञ्चारलाई सुस्त बनाई पाइल्समा आराम दिलाउँछ । 

–शरीरलाई सफा राख्ने र प्रत्येक दिन स्नान गरेपछि मनतातो पानीले मलद्धार वरिपरिको क्षेत्र र पाइल्स प्रभावित क्षेत्रलाई सफा एवं स्वस्थ राखेमा यो रोग निर्मूल हुँदै जान्छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?