मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘डर’ को सेटमा के भएको थियो ? जसले १६ वर्षसम्म बिग्रियो शाहरुख र सनीको सम्बन्ध

सनी देओल र शाहरुख खान दुवै ९० को दशकका उत्कृष्ट अभिनेताहरू हुन् । उनीहरू आज पनि बलिउड फिल्म उद्योगमा सक्रिय रहँदा आफ्नो अभिनय क्षमताले करोडौँ दर्शकको मत जितिरहेका छन् ।

यी दुवै जनाले फिल्म ‘डर’मा एकैसाथ काम गरेका थिए । सन् १९९३ मा रिलिज भएको यही फिल्मपछि उनीहरूको बोलचाल नै बन्द भएको हो । १६ वर्षपछि ‘गदर २’ ले उनीहरूको सम्बन्ध सुधारेको छ ।

शाहरुख आफ्नो परिवार सहित यो फिल्म हेर्न हल गएका थिए । सनी देओलले ‘गदर २’ रिलिज भएपछि शाहरुख र उनको सम्बन्ध बारेमा बोलेका थिए ।

जब उनीहरूबिच मनमुटाव सुरु भयो त्यो समय अलग भएको बताएका उनले यो विषय बिर्सन नै उत्तम हुने टिप्पणी गरेका थिए । अहिले त्यो अवस्था आउन नहुने लाग्ने बताएका सनीले यसलाई बचपनाकै संज्ञा दिएका थिए । 

आखिर ‘डर’ को सेटमा के भएको थियो त ?

यो मनमुटावबारे सनीले एक टिभी च्यानलसँग खुलेर कुराकानी गरेका थिए । 

फिल्ममा म कमान्डोको भूमिकामा रहेको र शाहरुख खानले चक्कुले हमला गर्नुपर्ने दृश्य सम्झिँदै उनले त्यति वेला आफूलाई म यति फिट छु कि मलाई कसैले (शाहरुख खान) कसरी चक्कु हान्न सक्छ भन्ने लागेको बताएका थिए । 

‘यो कुरा मलाई चित्त बुझेन, अत्यधिक रिस पनि उठ्यो । यश जी अग्रज हुनुहुन्थ्यो त्यस कारण म उहाँलाई केही भन्न सक्दिनथेँ । त्यति बेला मैले रिसले आफ्नो हात जिन्सको खल्तीमा हालेँ । मलाई यति रिस उठेको थियो कि मेरो जिन्सको खल्ती कहिले च्यातियो, मलाई थाहा नै भएन ।’ उनले कुराकानीमा खुलासा गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?