मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता व्यक्तिहरूले खानु हुँदैन मेवा

मेवा निकै स्वादिलो र पौष्टिक तत्त्वले भरिपूर्ण फल हो भने यसकाे सेवन स्वास्थ्यका लागि लाभदायक पनि छ ।

अझ पेटका लागि मेवा वरदान हो किनकि यसमा भिटामिन ए, बी, सी र फाइबर भरपुर हुन्छ । म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन तथा क्यारोटीनयुक्त तथा डायटरी फाइबरले भरिपूर्ण मेवा शरीरको लागि निकै फाइदाजनक मानिन्छ ।

तर मेवाले सबै अवस्थामा फाइदा गर्दैन । आयुर्वेदका अनुसार केही विशेष अवस्थामा मेवाको सेवनले शरीरलाई फाइदा गर्नुको सट्टा उल्टै हानी पुर्‍याउन सक्छ । आज हामी तपाईँलाई मेवा कस्तो अवस्थामा खाने र कस्तो अवस्थामा नखाने त्यस विषयमा जानकारी दिनेछौँ ।

यस्तो अवस्थामा मेवाको सेवन हानिकारक :

गर्भवती अवस्थामा

विभिन्न अवस्थामा मेवाको सेवन शरीरका लागि फाइदाजनक भए पनि गर्भावस्थामा भने यसको सेवन शरीरका लागि हानिकारक हुन्छ । यसले गर्भावस्थामा गर्भपात गराउन सक्छ । खास गरी, मेवाले गर्भाशयलाई खुम्च्याउने गर्छ ।

स्तनपानको अवस्थामा 

आयुर्वेदाचार्यहरु सुत्केरी महिलाहरूलाई पनि स्तनपान गराउन्जेल मेवाको सेवन नगर्न नै सल्लाह दिने गर्छन् । किनकि मेवामा पपाइन नामक विषाक्त हुन्छ,जुन स–साना बच्चाका लागि हानिकारक मानिन्छ ।

मृगाैलाकाे पत्थरी

विभिन्न अध्ययनहरूले जनाए अनुसार अत्यधिक मात्रामा भिटामिन ‘सी’को सेवन नै मृगाैलामा हुने पत्थरीकाे कारण हो । मेवामा पनि भिटामिन ‘सी’अत्यधिक मात्रामा हुने भएकोले यसको सेवनले मिर्गौलामा पत्थरी हुनसक्छ ।

मुटु सम्बन्धी समस्या

मुटु सम्बन्धी समस्या भएका व्यक्तिले पनि मेवा खानु हुँदैन ।

एलर्जीको सम्भावना

केरोटेनेमिया नामक रोगबाट प्रभावित व्यक्तिले मेवा कहिले पनि खानु हुँदैन । किनकि मेवामा लेटेक्स नामक पदार्थ हुन्छ, जसले केरोटेनेमियाबाट प्रभावित व्यक्तिमा छालाको एलर्जीको समस्या निम्त्याउन सक्छ ।

घाँटीको समस्या

यस्ता समस्या भएकाहरुले पनि धेरै मात्रामा मेवा खानु हुँदैन । अन्यथा यसले घाँटीलाई प्रभावित पार्न सक्छ ।

जन्डिसका बिरामी

स्वास्थ्य विज्ञका अनुसार जन्डिसका बिरामीले पनि मेवाको सेवन गर्नु हुँदैन । मेवामा रहेको पपाइन र बीटा क्यारोटिनले जन्डिस रोगीमा असर पुर्‍याउँछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?