मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तपाईँको मोबाइल धेरै तात्छ ? अपनाउनुस् यस्ता उपाय 

काठमाडौँ- हामीहरूमध्ये धरैले अहिले स्मार्टफोन चलाउने गर्दछौँ । गर्मी मौसम र खास गरी मोबाइलमा गेम खेल्दा वा लामो समय नेट तथा एपहरू चलाउँदा फोनहरू तात्ने गर्छन् ।

यसो हुनुलाई हामीले सामान्य रूपमा लिने गर्दछौँ तर कतिपय अवस्थामा फोन तात्ने समस्यालाई नजरअन्दाज गर्नु हानिकारक हुन सक्छ । 

यदि तपाईँको फोन पनि तातिरहेको छ भने यस्ता उपायहरू अपनाउनु फाइदाजनक हुन सक्छ ।

आफ्नो स्मार्टफोनलाई कहिले पनि फुल चार्ज नगर्नुहोस् । यस्तै ब्याट्री घटेर २० प्रतिशतभन्दा तल पनि जान दिनु राम्रो मानिँदैन । 

फोनलाई राति चार्जमा राख्ने, वा ओछ्यान, तकिया वा गद्दामा राखेर पनि फोनलाई चार्ज गर्नुहुँदैन ।

ओरिजनल चार्जर तथा यूएसबी मात्र प्रयोग गर्नुपर्छ यदी तपाइले नक्कली चार्जर तथा डाटा केबुलहरू प्रयोग गरिरहनुभएको छ भने पनि तपाईँको मोबाइल धेरै तात्ने गर्दछ । 

यस्तै मोबाइलमा अनावश्यक तथा थुप्रै एपहरू पनि इन्स्टल गर्नु हुदैन् । किनकि ब्याकग्राउन्डमा चल्ने यी एपहरुले प्रोसेसरलाई लगातार चलाउने भएकाले यसको असर ब्याट्रीमा पर्न जान्छ र मोबाइल तात्ने समस्या उत्पन्न हुनसक्छ ।

यस्तै डिस्प्लेको ब्राइटनेस सधैं फुल राख्नुले पनि फोनलाई हिट गर्न सक्छ । यस्तोमा अटो ब्राइटनेस फिचर अन राख्नु उपयोगी मानिन्छ ।

स्मार्टफोनको क्यामराले पनि कतिपय अवस्थामा मोबाइलको तापक्रम बढाउने भएकोले सकेसम्म लामो समयसम्म क्यामरा प्रयोग गर्नु हुँदैन ।

यसै गरी मोबाइलको पावर सेभिङ मोड वा अन्य यस्तै अप्सनलाई अन गरिदिँदा ब्याट्री तात्ने समस्या कम गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?