मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गुगल म्यापको विश्वास गर्दा सिँढीमा पुग्यो गाडी

काठमाडौं-पछिल्लो समय धेरै व्यक्तिले अनजान ठाउँमा जानुपर्‍यो भने गुगल म्यापको प्रयोग गर्ने गरेका छन् । 

किनभने अहिलेको समयमा प्रविधिमा निर्भर हुने क्रम बढी रहेको छ । तर प्रविधिको विकाससँगै यसको प्रयोग र विश्वास बढे पनि कहिलेकाहीँ यसले पनि झुक्याउन सक्छ ।

भारतीय मिडियाहरूका अनुसार गुगल म्याप्सबाट बाटो खोज्ने भारतीय युवाहरूको समूहले  दु:ख पाएका छन् । 
‘गुगल म्याप्स’ मा नेभिगेसनको मद्दत लिएर आफ्नो एसयूभीमा घर फर्किँदै गर्दा उनीहरू झुक्किएर अर्कै ठाउँ पुगेका हुन् । 

भारतको तमिलनाडु राज्यको गुडालुरको ‘होलिडे स्पट’ पुगेका केही मानिसहरू गुगल म्यापको नेभिगेसन मार्फत सजिलो र छोटो बाटो खोज्ने प्रयास गरेका थिए।

गुगल म्यापको नेभिगेसन पछ्याउँदै गर्दा उनीहरू आवासीय क्षेत्रको अग्लो सिँढीयुक्त ठाउँमा पुगेको बताइएको छ । 
त्यसपछि प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको गाडीलाई सिँढीबाट तल ल्याइएको थियो ।

नेभिगेसनमा, यो सिँढीयुक्त मार्गलाई ‘सबैभन्दा छिटो रुट’ भनेर वर्णन गरिएको थियो । गाडी सिँढीमा अड्किएको र अगाडि बढ्ने ठाउँ नभएकाले प्रहरी र नजिकका मानिससँग सहयोग मागिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?