मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आजको मौसम पूर्वानुमान : कतै वर्षा, कतै हल्का हिमपातको सम्भावना

काठमाडौँ – आज देशका पहाडी  भू–भागमा आंशिक बदली  रही  बाँकी  भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सुदूर पश्चिम प्रदेशको एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहनेछ । चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

त्यस्तै आज राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी  प्रदेशमा आंशिक देखि साधरणतया  बदली  रही  बाँकी  भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुनसक्ने पूर्वानुमान महाशाखाको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?