मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एप्पल र क्वालकमको फाइभजी मोडेम सम्झौता तीन वर्षका लागि विस्तार

काठमाडौं – एप्पलले क्वालकमसँग आईफोन चिप्स आपूर्ति गर्ने सम्झौतालाई तीन वर्षका लागि विस्तार गरेको छ । क्वालकमले २०२४ को पहिलो त्रैमासिककमा ९.९२ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको छ। यस अवधिमा कम्पनीको खुद आम्दानी २.७७ बिलियन अमेरिकी डलर रहेको छ।

आम्दानी प्रतिवेदन सार्वजनिक गर्ने क्रममा क्वालकमका सीईओ क्रिस्टियानो आमोनले एप्पल र क्वालकमले फाइभजी मोडेम लाइसेन्सिङ सम्झौता २०२७ मार्चसम्म विस्तार गरेको जानकारी दिए।

यो विकास दुई कम्पनीहरूले २०२६ सम्म एप्पल उपकरणहरूमा क्वालकम फाइभजी मोडेम कभर गर्ने विस्तारमा पुगेपछि आएको हो। सन् २०१९ मा इन्टेलको मोडेम व्यवसाय खरिद गरेपछि एप्पलले आफ्नो इन–हाउस फाइभजी मोडेम विकास गर्न साँच्चै कठिन समय सामना गरिरहेको छ।

क्युपर्टिनोको फाइभजी मोडेम विकास प्रक्रियामा अवरोधहरू आइरहेको छ। कम्पनीले धेरै पटक यसलाई पछाडि धकेल्दै आइरहेको छ। केही रिपोर्टहरुले एप्पलले आफ्नो सम्पूर्ण मोडेम परियोजनालाई पूर्ण खारेज गरेको पनि सुझाव दिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?