काठमाडौं – भारत सरकारले मोबाइल फोनका कम्पोनेन्टहरूमा आयात शुल्क १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ । एसियाको तेस्रो ठूलो अर्थतन्त्रबाट निर्यात बढाउने उद्देश्यले यो निर्णय गरिएको हो ।
यस कदमले एप्पल र अन्य हाई-एन्ड एन्ड्रोइड फोनहरू जस्ता कम्पनीहरूलाई फाइदा पुर्याउनेछ र भारतको निर्यातलाई पनि बढावा दिनेछ।
ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभले वर्तमान दरहरू कायम राख्दा सन्तुलित उद्योग वृद्धि र भारतको विस्तार भइरहेको स्मार्टफोन बजारमा दीर्घकालीन वृद्धिलाई समर्थन गर्ने बताएको छ।
मोबाइल निर्माताहरूले भारतमा स्मार्टफोन बनाउने लागत घटाउन र चीन र भियतनामलगायत क्षेत्रीय प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्न करिब एक दर्जन कम्पोनेन्टहरूमा कटौती गर्न जोड दिइरहेका छन्।
ब्याट्री कभर, लेन्स र सिम सकेट जस्ता मोबाइल फोनका स्पेयर पार्ट्समा आयात शुल्क घटाउने सरकारको कदमले स्मार्टफोनको मूल्य ३–५ प्रतिशतले घट्ने उद्योग विज्ञहरु बताउँछन् ।
अन्तरिम बजेटको एक दिन अगाडि, भारतले मोबाइल फोन निर्माणमा प्रयोग हुने ब्याट्री कभर, लेन्स र सिम सकेट जस्ता स्पेयर पार्ट्समा आयात शुल्क १५ प्रतिशतबाट घटाएर १० प्रतिशत गरेको छ।
फलस्वरूप, भारतमा उत्पादन गर्ने कम्पनीहरूले अब क्यामरा लेन्स, ब्याक कभर, प्लास्टिक र मेटल मेकानिकल पार्ट्स, जीएसएम एन्टेना र अन्य देशहरूबाट आयात गरिएका अन्य कम्पोनेन्टहरू जस्ता वस्तुहरूमा न्यून कर तिर्ने उल्लेख गरिएको छ।
भारतीय वित्त मन्त्रि निर्मता सिथारमणले अन्तरिम बजेट घोषणा गर्दै देशभित्रै उत्पादन बढाउन विभिन्न अनुदानहरुको घोषणा गरेकी हुन्। जसमा स्मार्टफोनका पार्टपुर्जा आयातमा १० प्रतिशत मात्र शुल्क लगाउने भएको हो।
यो निर्णयले एप्पल सहित प्रमुख निर्मातामाझ खुशी ल्याएको जनाइएको छ। यद्यपि १५ प्रतिशत देखि १० प्रतिशत सम्मको ड्रप ‘छुट’ प्रारम्भमा पर्याप्त नदेखिन सक्छ, तर अरबौं डलरको मूल्यवान अपरेशनहरूमा भने यो निकै महत्त्वपूर्ण हुने उल्लेख गरिएको छ।
लागत कटौतीले हालका उत्पादकहरू जस्तै एप्पल, सामसङ, शाओमी, ओप्पो, भिभो, रियलमी र वानप्लसलाई आफ्नो लगानी बढाउन र नयाँहरूलाई भारतमा उत्पादन सुरु गर्न प्रेरित गर्न सक्नेछ।
सन् २०२२ मा एक बिलियन अमेरिकी डलर लगानीको साथ एप्पलले भारतस्थित आफ्नो कारखानामा आईफोन र एयरपडहरू बनाउन सुरु गरेको थियो।
शाओमीले पनि सन् २०१४ देखि रेडमी, एमआई, र पोको जस्ता स्मार्टफोनहरू उत्पादन गर्दै, पाँच भारतीय कारखानाहरू सञ्चालन गर्दै आएको छ। त्यसका साथै सन् २००७ मा भारतमा उत्पादन सुरु गरेको सामसङले ग्यालेक्सी, एम, र ए जस्ता ब्रान्ड अन्तर्गत फोन बनाउने ६ ओटा कारखानाहरू सञ्चालन गरि रहेको छ।
पछिल्लो समय बिक्री मात्र नभएर उत्पादन पनि गर्दै भारत प्राविधिक कम्पनीहरूका लागि एक प्रमुख प्राविधिक बजार र सेन्ट्रल ‘केन्द्रिय’ हबको रूपमा उभिएको छ। यसैलाई बिस्तार गर्ने उद्देश्यले भारतीय सरकारले कर घटाएको अनुमान गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया