मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अवैध लागुऔषधसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं – अवैध लागुऔषधसहित प्रहरीले आज काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी जिल्ला घर भएका २६ वर्षीय इन्द्रजित पासवान रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार नियन्त्रित लागुऔषध बुप्रेनुर्फिन एक सय ४५ एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड एक सय ४५ एम्पुल र डाइजेपाम एक सय ४५ एम्पुलसहित प्रहरी प्रभाग नागढुङगा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको टोलीले निजलाई आज पक्राउ गरेको हो ।

बाप्र०३–००१ख २५४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार पासवानलाई उक्त लागुऔषधसहित पक्राउ गरी सो विषयमा आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?