मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्रोएसिया पठाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं – क्रोएसिया पठाइदिन्छु भन्दै नगद ३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ कपन बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-२ घर भएका ४० वर्षीय मिङमार लामालाई प्रहरीले पक्राउ गरेको छ ।

मिङमारले १ जनालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-६ बाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?