मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एउटा भिडियो जसलाई युट्युबमा ३ अर्ब ६७ करोड पटक किन हेरियो ?

मुम्बई – बलिउड सुपरस्टार शाहरुख खान र सलमान खानले बक्स अफिसमा राज गरिरहेका छन् । उनीहरुको फिल्मको गीत र ट्रेलरको पनि युट्युबमा निकै चर्चा परिचर्चा भइरहेको हुन्छ ।

के तपाईंलाई थाहा छ युट्युबमा सबैभन्दा धेरै हेरिएको भजन कुनै फिल्मको होइन, यो त श्री हनुमान चालिसा हो, जसलाई ३ अर्ब ६७ करोड भन्दा बढी भ्युज प्राप्त भएको छ ।

मानिसहरु पनि दिनहुँ बारम्बार सुन्ने गरेको देखिन्छ । जसका कारण दिन प्रतिदिन यस भजनको हेराइ बढिरहेको छ । समाचार अनुसार टिभी सिरिज भक्ति सागरको युट्युब पेजमा सेयर गरिएको श्री हनुमान चालिसाको भिडियो ३ अर्ब ६ करोडभन्दा बढी पटक हेरिएको छ । यो गीतलाई गुलशन कुमार र हरिहरनले स्वर दिएका छन् । आज पनि यो भजन सुनेर मानिसहरु भक्तिमय बन्छन् ।

उल्लेखनीय छ कि गुलशन कुमार एक भारतीय व्यापारी र निर्माता थिए, जसको १२ अगस्त १९९७ मा हत्या गरिएको थियो। संगीत क्षेत्रमा प्रवेश गर्ने बित्तिकै सबै परिस्थिति बदलियो।

एक मध्यमवर्गीय परिवारमा जन्मेका गुलशन कुमारले जुलाई ११, १९८३ मा टि सिरिजको स्थापना गरेका थिए, त्यसपछि उनले १९८८ मा ‘कयामत से कयामत तक’ सँग पहिलो ब्रेक पाए र ८० लाख क्यासेट बेचेका थिए।

यसपछि फिल्म आशिकीका गीतले रेकर्ड तोडेका छन् । गुलशन कुमार क्यासेट किङ भनेर चिनिन थाले । तर, सन् १९९७ मा गुलशन कुमारलाई सार्वजनिक रूपमा गोली हानेर हत्या गरियो, जसले मानिसलाई स्तब्ध बनाएको थियो ।

हेर्नुस श्री हनुमान चालिसाको भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?