मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनको भाउ तोलामा ३०० रुपैयाँले बढ्यो

काठमाडौं – नेपाली बजारमा सुनको भाउले लगातार पाँचौ दिन पनि बढ्ने क्रममा निरन्तरता पाएको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ ३०० रुपैयाँले बढेको हो । यसअघि सोमबार, मंगलबार, बुधबार र बिहीबार सुनको भाउ क्रमशः ३००–३००–१०० र ५०० रुपैयाँले बढेको थियो ।

त्यसैगरी नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १९ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बिहीबार छापावाल सुन १ लाख १९ हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो ।

शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १४ सय १५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय १० रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?