मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘स्क्विड गेम सिजन २’ काे  ‘फस्टलुक’ सार्वजनिक,सन् २०२४ भित्रै रिलिज हुने

काठमाडौँ – नेटफ्लिक्सले अन्ततः ‘स्क्विड गेम सिजन २’को फस्टलुक सार्वजनिक गरेको छ ।  नेटफिल्क्सले बिहीबार आफ्नो प्लाटफर्ममा सन् २०२४ मा स्ट्रिमिङ हुने प्रतीक्षित सिरिज, तिनको रिलिज मिति र फस्टलुक बाहिर ल्याएको छ । 

जसमध्ये  ‘स्क्विड गेम सिजन २’ आम दर्शका लागि सरप्राईज नै हो । किनभने यसअघि यो वर्षको अन्त्यमा मात्र स्ट्रिमिङ हुने चर्चा  थियो ।

यो सिजनमा  गी–हुनले खेलहरू कसरी सुरु भयो र यसलाई राम्रोको लागि रोक्न प्रयास गर्नेबारे जवाफ खोज्नेछन् । नयाँ सिजनले फ्रन्टमेन, द सेल्सफेन र ह्वाङ जुन–होलाई फिर्ता ल्याउने मिसन पनि देखाउने बताईएको छ ।

तीन वर्षअघि रिलिज भएको यो दक्षिण कोरियाली ‘सर्भाइभल ड्रामा’ले विश्वभरका लाखौँ दर्शकलाई मोहित बनाएको थियो ।

ह्वाङ डोङ–ह्युक निर्देशित यो सिरिज पुँजीवादको लुकेको संसारमा आधारित छ, जहाँ ४ सय ६५ खेलाडीहरू बाल्यकालको खेलको शृङ्खलामा पैसाको लडाइँमा मृत्युको लागि हताश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?