मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कुर्सीमा बसेर काम गर्नेहरूमा हृदयघातको जोखिम धेरै

सामान्यतया एक जागिरे व्यक्तिले सात–आँठ घण्टा कार्यालयमा काम गर्नुपर्छ । र त्यो सात– आँठ घण्टाको समय अवधिमा लगभग खाजा खाने समयभन्दा बाहेकको समय लगभग कुर्सीमा बसेर काम गरेर नै बित्ने गर्छ ।

यति धेरै समय एकै ठाउँमा,एउटै पोजीसनमा बस्दा उसै पनि हामीले असहज महसुस गर्छौ नै । यो सँगै कुर्सीमा बसेर काम गर्नेहरूमा हृदय रोग र मृत्युको जोखिम धेरै हुने एक अनुसन्धानबाट पत्ता लागेको छ ।

मुख्यतया : लामो समयसम्म बसेर काम गर्ने व्यक्तिहरूले हृदय रोग र मृत्युको बढ्दो जोखिमलाई कम गर्न दैनिक १५ देखि ३० मिनेट अतिरिक्त व्यायाम गर्नुपर्छ ।

जामा नेटवर्क ओपन जर्नलमा प्रकाशित अध्ययन ४ लाख ८१ हजार ६ सय ८८ जनामा गरिएको हो । अध्ययनमा मुख्यतया बसेर काम गर्ने व्यक्तिमा मृत्युको जोखिम १६ प्रतिशत र मुटु रोगको जोखिम ३४ प्रतिशत बढी रहेको पाइएको छ ।

यो अध्ययन मा उमेर, शिक्षा, धूम्रपान, मदिरा सेवन र बडी मास इन्डेक्सलाई ध्यानमा राखिएको थियो । कार्यस्थल मा लामो समय सम्म बसेर काम गर्ने समय कम गरेर वा दैनिक शारीरिक गतिविधि बढाउँदा मृत्यु र हृदय रोगको बढ्दो जोखिम कम गर्न सकिने पनि अध्ययनहरूले देखाएको छ ।

साथै कार्यस्थलको राम्रो माहौल र सम्बन्धको सन्तुलनसँग समेत मुटुको सिधा सम्बन्ध रहने अध्ययनले देखाएको छ । मुटु स्वस्थ बनाउनको लागि काम गर्ने वातावरणमा समेत ध्यान दिन आवश्यक रहेछ ।

काम गर्ने राम्रो वातावरणको उदाहरणमा परिवारका कारण काममा र कामका कारण परिवारमा समस्या सिर्जना नहुने, आवश्यक परेका बेला बिदा लिन सकिने र कर्मचारीको आपसी सम्बन्ध सुमधुर रहनु जस्ता कुरा समेटिएका छन्।

काम गर्ने वातावरण खराब हुँदा असामयिक मृत्युको जोखिम ३० प्रतिशत बढ्ने पनि अध्ययनले देखाएको छ । नराम्रो कार्यक्षेत्रका कामदार बिरामी पनि बढी पर्ने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?