मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आईफोनको ‘स्टोरेज’ फुल भयो ? यसरी गर्न सकिन्छ खाली 

काठमाडौँ– आईफोन प्रयोगकर्ताहरुको लागि मुख्य समस्या भनेको भण्डारण क्षमता फुल हुनु पनि एक हो । आईफोनमा स्टोरेज खालि गर्न तपाइले यस्ता उपायहरू अपनाउन सक्नुहुन्छ ।

आइफोनमा सबैभन्दा सजिलो उपाय भनेको अनावश्यक एप्सलाई डिलिट गर्ने हो । यदि फोनमा तपाईँको लागि उपयोगी नहुने एपहरू छन् भने तिनलाई मेटाउनु पर्ने हुन्छ । जसले तपाईँको आइफोनमा स्टोरेज क्षमता बढाउनेछ । 

केही एपहरूले क्यास गरिएका तस्बिरहरू र भिडियोहरूको रूपमा तपाईँको आईफोनमा धेरै डाटा भण्डारण गर्ने गरेका हुन्छन् । तपाइले फोनमा रहेका क्यास डिलिट गर्नुभयो भने पनि स्टोरेज क्षमता बढ्न सक्छ ।

यस्तै पुराना मेसेज र एट्याचमेन्टहरू पनि मेटाउनुहोस् । तपाईँलाई अब आवश्यक नपर्ने च्याट चयन गर्नुभयो भने त्यसलाई डिलिट गरेर स्टोरेज खाली गर्न सकिन्छ । 

आईफोनमा धेरै फोटो र भिडियोहरूले ठाउँ ओगटेको छ भने, त्यसपछि तिनीहरूलाई आईक्लाउड वा कम्प्युटरमा ब्याकअप गर्नुभयो भने पनि तपाइको आइफोनमा स्टोरेज खाली गर्न मद्दत  पुग्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?