मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नाटक

यस्तो छ नाटकमा गंगालालकाे चरित्र चित्रण


काठमाडाैँ– ‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए..।’

भूपी शेचरनको यी कविताका हरफहरुले भनेझैँ नेपालको राजनीतिक परिवर्तनमा देशका थुप्रै होनहार युवाहरुले देशका लागि ज्यानको आहुति दिएर गए ।

वि.सं.१९९१ देखि १९९७ सम्मको राजनीतिक घटनाक्रममै दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री जस्ता महान सपूतहरुले राष्ट्रका लागि हाँसीहाँसी ज्यानको बलिदान दिए । तिनै सपूतहरुको बलिदानको मुल्यांकन देशले कसरी गर्‍याे, देशले कसरी र कहाँसम्म यात्रा गर्‍याे भन्ने पक्षलाई समेट्दै नाटक ‘गंगालाल’ मार्फत खोतल्ने जमर्काे गरिएको छ ।

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा माघ १९ गतेदेखि २९ गतेसम्म मञ्चन हुन गइरहेको नाटक ‘गंगालाल’मा शहीद गंगालाल श्रेष्ठको चरित्र चित्रण मार्फत सम्पूर्ण ज्ञात, अज्ञात शहीदहरुलाई समेट्ने प्रयास गरिएको नाटकका लेखक तथा निर्देशक चे शंकरले बताए ।
शंकरका अनुसार नाटकमा शहीद गंगालालको राजनीतिक जीवनसँगै उनको साहित्य, पारिवारिक र सिंगो एउटा मानिसको चरित्र चित्रण गरिएको छ । ‘मुख्यतः वि.सं.१९९१ देखि १९९७ सम्मको राजनीतिक घटनाक्रममा गंगालाल देखिएपनि नेपालको राजनीतिक घटना र परिर्वतनलाई नाटकले प्रश्न गरेको छ’, उनले भने,‘२००७ देखि ०६२/०६३ सम्म पनि थुप्रै मानिसहरु शहीद भए । उहाँहरुको योगदानले परिवर्तन भएको राजनीतिकले के–कस्तो काम गर्‍याे, ती शहीदहरुको सम्मान भयो या भएन भन्ने कुरा पनि नाटकमा देख्न सकिन्छ ।’

देशको उन्नतिका लागि युवाहरु हिजोदेखि आजसम्म लडिरहेका छन् । जसमा गंगालाल जस्ता श्रमजीवि वर्गहरु नै छन् । ती वर्गहरु हिजो र आजसम्म पनि थिचि नै रहेका छन् । तिनै थिचिएका वर्गहरुको प्रतिनिधित्व गर्दै गंगालालको छवि नाटकमा उतारिएको शंकरको भनाइ छ ।

नव उदारवादी शासन र शासकहरुले देशका लड्ने गंगालालहरुप्रति गरिएको प्रवृत्ति नाटकमा पाउने उनको दाबी छ । गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा प्रस्तुत हुने नाटकमा गंगालालको चरित्रसँगै देशले भोगिरहेको चित्र समेत आउने भएकोले युवापुस्तालाई ऐतिहासिक राजनीतिक घटनाक्रम बुुझ्न सघाउ पुग्नेमा निर्देशक शंकर ढुक्क छन् ।

नाटकमा शकु शाह, निर्भीक, इनारा बानु, संदिप डंगोल, प्रदीपकुकार चौधरी, रेवन राई, रोशन चन्द लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?