मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तामाङ फिल्म ‘नाना आङा’ प्रदर्शन हुँदै, प्रदर्शनका लागि यस्तो छ तयारी

काठमाडौँ– तामाङ फिल्म ‘नाना आङा’ प्रदर्शन हुने भएको छ । काठमाडौंस्थित चलचित्र विकास बोर्डमा माघ २० गते शनिबार फिल्मको प्रदर्शन गरिने निर्देशक निमा लामा तामाङले बताए । प्रदर्शनका लागि सम्पूर्ण तयारी पूरा भएको उनको भनाइ छ ।

जिम्बा फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको तामाङ भाषाको फिल्म सामाजिक कथामा आधारित रहेको निर्माण टिमको दाबी छ । तामाङ जातिको संस्कार, संस्कृति र जीवनलाई समेत फिल्ममा समावेश गरिएको छ ।

पेमा लामा निर्माता रहेको फिल्मको प्रिमियर प्रदर्शन यसअघि मकवानपुरको हेटौंडामा असार ९ गते र काभ्रेको बनेपामा ३० गते फिल्मको दोस्रो पटक प्रदर्शन गरिएको थियो । निर्देशक लामाका अनुसार सर्लाही स्थित हरिवनमा कार्तिक २२ र २३ गते फिल्मको प्रदर्शन भएको थियो ।

फिल्मको सहमा निर्मातामा भने मिन कुमार वाईबा छन् । जय स्याङतान र सिताराम गोलेको मुख्य भूमिका रहेको फिल्ममा माया घलान, सुनलाल वाईबा, राज कुमार स्याङ्तान, पेमा लामा योञ्जन, सुदिप कोब्रा लगायत कलाकारहरुको समेत अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?