मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दिनेशलाल कसरी बने ‘निरहुआ’, बिहेमा गाउने देखि ‘सुपरस्टारसम्म’, यस्तो छ उनको कथा

काठमाडाैँ– भोजपुरी सिनेमाका चर्चित नायक दिनेशलाल यादव आज आफ्नो जन्मदिन मनाउँदै छन् ।

उनी गायक समेत हुन भने अहिले राजनीतिमा पनि सक्रिय छन् । आमजगढका सांसद यादव जति दर्शकमाझ लोकप्रिय छन उनले गरेको संघर्ष पनि कम छैन । उनी गरिबीबाट उठेर यो मुकाम हासिल गरेका कलाकार हुन । 

उनको जन्म सन १९७९ मा भएको थियो । सानैदेखि सङ्गीतमा रुचि राख्ने यादवले आफ्नो सोख पुरा गर्न पढाई नै छाडिदिए । सङ्गीतको सुरुवाती शिक्षा उनले काकाका छोरा विजयलाल र प्यारेलाल यादवबाट लिएका थिए ।  

उनले आफ्नो करियर पनि गायक कै रुपमा सुरु गरे । बढ्दो लोकप्रियतासँगै उनलाई फिल्मबाट समेत अफर आउन थाल्यो । भारतीय मिडियाहरूका अनुसार यादवले आफ्नो गायकीको सुरुवात बिहे पार्टीमा गाउने बजाउनेबाट सुरु गरेका थिए ।

यसका लागि टाउको हार्मोनियम लिएर कयौँ दिन पैदल यात्रा गरेको उनी स्वयमले पनि विभिन्न अन्तरवार्ताहरूमा बताएका छन् । यो यस्तो समय थिए जति वेला उनीसँग साइकल किन्ने पैसा समेत थिएन । 

सन् २००१ मा यादवका पिताको मृत्यु भएपछि परिवारको जिम्मेवारी समेत उनको काँधमा आयो । यही समयपछि उनले एल्बम निकाल्न सुरु गरे भने उनको पहिलो एल्बम ‘बुढवा में दम बा’ ।

यसछि उनले दोश्रो एल्बम ‘निरहुआ नाम है’ निकाले । फेरि ‘निरहुआ सटल रहा’ एल्बम टि–सिरिज बाट बजारमा ल्याए । यो एल्बम यति लोकप्रिय बन्यो कि उनको नाम नै ‘निरहुआ’ बन्यो ।

गायकीको दुनियाँमा यसरी आफूलाई स्थापित गरेका उनले त्यसपश्त्चात यात्रा अभिनयतर्फ अघि बढाए । 

उनी सन् २००५ मा मुम्बई गए भने एक निर्देशकको आग्रहमा ‘चलत मुसाफिर मोह लियो रे’ फिल्मको दुई गीत गाए भने अभिनय पनि गरे ।

यो फिल्म सुपरहिट बन्यो भने त्यसपछि उनलाई सहायक भूमिका मिल्न थाल्यो । तर मुख्य भूमिका खोजिरहेका उनले आफ्नो प्रयास जारी राखे । जसको मुकाम बन्यो ‘निरहुआ रिक्शावाला’ ।

यो फिल्म यति ब्लकबष्टर बन्यो कि उनी सुपरस्टार बने । यसपछि ‘निरहुआ चलल ससुराल’,‘निरहुआ बनल डन’,‘निरहुआ हिन्दुस्तानी’,‘निरहुआ रिक्शावाला २’ लगायतका उनका कयौँ फिल्म प्रदर्शनमा आए ।

आज उनी भोजपुरीका सबैभन्दा महँगो र ‘टप’ अभिनेता हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?