मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोबाइल ह्याङ भयो ? यसरी कम गर्न सकिन्छ

काठमाडौँ– अहिलेको समयमा मानिसहरू स्मार्टफोनबिनाको जीवन कल्पनासम्म पनि गर्न सकिदैन । मानव जीवनमा आइपर्ने सबै कामका लागि स्मार्टफोनको आवश्यकता पर्ने गर्दछ । 

धरै मानिसहरूले आफ्नो स्मार्टफोन धरै ह्याङ हुने गरेको गुनासो पनि गर्ने गर्दछन् । त्यस कारण मोबाइल किन्दा सबैले दैनिक प्रयोग गर्दा ह्याङ नहोस भन्ने कुराको पूर्ण ख्याल राख्ने गर्दछन् । 

कतिपय अवस्थामा मोबाइल फोन ह्याङ भएर फोन बन्द नै हुने अवस्था समेत आउन सक्छ ।  आज हामी तपाईँलाई स्मार्टफोन ह्याङ्ग हुने समस्याबाट छुटकारा पाउन उपायका बारेमा बताउँछौ । 

सबैभन्दा पहिले आफ्नो स्मार्टफोन किन ह्याङ्ग हुन्छ भन्नेबारेमा थाहा पाउनु आवश्यक हुन्छ ।

कुनै एउटा मात्रै कारणले गर्दा मात्रै स्मार्टफोन ह्याङ हुदैन् । र्‍याम कम भएको कारण, एकै पटक एकभन्दा बढी एपहरू चलाउनु, फोनमा क्यास फाइल भण्डारण हुनु, यस्ता विविध कारणले फोन ह्याङ हुने गर्दछ । 

तपाइको स्मार्टफोनलाई ह्याङ हुनबाट बचाउन सर्वप्रथम फोनमा भण्डारण गरिएका अतिरिक्त स्रोत फाइलहरू अर्थात क्यासलाई हटाउनुपर्ने हुन्छ । 

क्यास फाइल मेटाउनको लागि फोनको स्टोरेज विकल्पमा गई वा ‘एप इन्फो’ मा गएर पनि डिलिट गर्न सकिन्छ ।

यस्तै तपाइले आफ्नो फोनमा एकै साथ धेरै एपहरू चलाउनुहुन्छ भने पनि तपाईँले यस्तो गर्न बन्द गर्नुपर्छ । जसका कारण तपाईँको फोन ह्याङ हुन कम हुँदै जानेछ । 

यति गर्दा पनि तपाइको फोन ह्याङ भइरहेको छ भने सफ्टवेयर अपडेट गर्नुपर्छ ।  कयौं पटक फोनको सफ्टवेयर अपडेट नभएका कारण पनि फोन ह्याङ्ग हुने गरेको हुन्छ ।  यसका साथै फोनमा प्रयोग गरिने एपहरूलाई पनि समय समयमा अपडेट गर्नु आवश्यक हुन्छ । 

यसका साथै फोनलाई समय समयमा रिस्टार्ट गरिरहनुपर्छ। फोन रिस्टार्ट गर्दा, फोनमा भण्डारण गरिएका अस्थायी फाइलहरू मेटाइन्छ र फोनको मेमोरी व्यवस्थापन रिसेट हुन्छ, र तपाइको फोन ह्याङ हुन बन्द हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?