मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वान प्लस १२ को ‘प्रि–बुकिङ’ नेपालमा समेत खुल्ला, कति पर्छ मूल्य 

काठमाडौँ–हालै सार्वजनिक गरिएको स्मार्टफोन वान प्लस १२ को नेपाली बजारमा पनि प्रि– बुकिङ खुल्ला भएको छ । 

वान प्लसका आधिकारिक वितरकहरू स्मार्ट टेक प्रा.लि. र क्रेटोस टेक्नोलोजिजले वान प्लस १२ सँगै वनप्लस १२ ¥यान्डको प्रि–बुकिङ खुला गरेको हो ।

कम्पनीले नेपाली बजारमा वान प्लस नोर्ड एन ३० एसई स्मार्टफोन समेत सार्वजनिक गरेको छ । 

वान प्लस १२ मा स्न्यापड्रागन एट जेन थ्री फोर एनएम प्रोसेसर रहेको छ भने ५० मेगापिक्सेलको ट्रिपल ह्यासलब्लाड क्यामेरा दिइएको छ । 

१६ जीबी र्‍याम तथा ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुने यो फोनको मूल्य एक लाख ३९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ । 

फोन प्रि बुकिङ गर्ने ग्राहकले १२ हजार ४९० रुपैयाँ बराबरको वान प्लस बड्स थ्री निःशुल्क पाउनेछन् । 

त्यस्तै वान प्लस १२ आर पनि १६ जीबी ‍र्‍याम छ भने २५६ जीबी स्टोरेज दिइएको छ । 

यो फोनको मूल्य ९० हजार ९९९ रुपैयाँ रहेको छ भने प्रि अर्डर गर्दा चार हजार ९९० रुपैयाँ बराबरको वनप्लस बुलेट वायरलेस जेड टु इयरफोन उपहार पाइनेछ ।

त्यस्तै ४ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुने वान प्लस नोर्ड एन ३० एसइको मूल्य भने २६ हजार ४९९ रुपैयाँ तोकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?