मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दयाहाङ राईको व्यस्तता: महिनामा दुई ओटा फिल्मको ‘सुटिङ’, अर्को वर्षका लागि अहिले नै ‘प्याक’

काठमाडौँ– ‘अनागरिक’बाट नेपाली फिल्ममा पाइला चालेका अभिनेता दयाहाङ राईको व्यस्तता बढ्दो छ । जस्तो भूमिका आईपर्छ गरिहाल्ने उनी एक दशकबाट चर्चाको केन्द्रमा नै छन् ।

जसलाई कतिपयले नेपाली चलचित्रमा ‘दयाहाङ दशक’ कै संज्ञा दिँदा  नेपाली टेलिभिजन र नाट्य क्षेत्रका अग्रज नीर शाहले त सार्वजनिक कार्यक्रममै  ‘दयाहाङ राईजस्ता अभिनेता ५० वर्षमा एक पटक जन्मन्छन्’ भन्ने अभिव्यक्ति नै दिएका थिए ।  

रंङमन्चको विगत र जनजाति पृष्ठभूमिका उनी पात्रलाई न्याय गर्न खप्पिस छन् । फिल्मी यात्राको कुरा गर्दा ‘लूट’ फिल्मले उनलाई रातारात चर्चामा ल्याइदियो । त्यसो त दयाहाङले पहिले पनि केही फिल्ममा सहायक भूमिकामा अभिनय गरेका थिए । 

अभिनयमार्फत दर्शकको मन जितेपछि दयाहाङले ब्याक टु ब्याक फिल्ममा अभिनय गरे । उनले शीर्ष भूमिका निभाएका फिल्मले ‘सेतो सूर्य’ ले विभिन्न महोत्सवमा सहभागिता जनाउने अवसर पाए । ‘सेतो सूर्य’ ले पनि उनको चर्चा थपिदियो ।

विशेष गरी ‘कवड्डी’ श्रृखलामा पछि ‘हाईप’मा पुगेका उनले हिरोको परम्परागत मान्यता तोड्न गरेको योगदान कम छैन ।

यो बिचमा नायक आर्यन सिग्देल र जीवन लुइटेलको ‘चकलेटी’ अनुहारसँग केही वर्ष प्रतिस्पर्धा गरे । हिरोको परम्परागत ‘लुक्स’मा अब्बल उनीहरूका अघि दयाको सङ्घर्ष चुनौतीपूर्ण देखिँदा त्यसपछि अनमोल केसी, प्रदीप खड्का, पल शाह जस्ता ‘चकलेटी’ नायकहरू फिल्म उद्योगमा आए । तर अहिले समय फेरिइसकेको छ । 

यो एक दशक सकिएर अर्को दशक सुरु हुँदै गर्दा आर्यन ‘बक्स अफिस’मा सङ्घर्ष गरिरहेका छन् भने दयाहाङ राई ‘सुपरस्टार’ बनेका छन् । अर्थात नेपाली फिल्ममा अव दयाहाङको समय मिले अनुसार ;सेड्युल’ मिलाउनुपर्ने समय चलिरहेको छ । 

यसैको उदाहरण उनी आगामी वर्षका लागि ‘प्याक’ भइसकेका छन् । चर्चाअनुसार दयाहाङ राईको हातमा अहिले १६–१७ वटा फिल्म छन् भने एकै महिनामा दुई तीन वटा फिल्मको सुटिङ एक साथ गर्नुपर्ने बाध्यतामा उनी छन् ।

यो वर्ष मात्र दयाको ९ वटा फिल्म रिलिज हुने पक्का भएको छ भने अर्को वर्ष दया अभिनीत एक दर्जन बढी फिल्म रिलिजमा आउँदै छन् । यही कारण आगामी वर्ष फिल्म साइन नगर्ने अवस्थामा पुगेको उनले  माघ महिनामा ‘डिग्री माइला’ र ‘भूठान’को छायांकन सकाएका छन् । 

यही महिना ‘मनसरा’ र ‘रंगेली’को बाँकी काम सकाउनेछन् भने अर्को महिना भने उनले ‘घर ज्वाइँ’लाई समय दिएका छन् । 

उनको चैतको महिनाको ‘सेड्युल’ समेत निश्चित छ । यो महिना ‘कार्साङ’ र ‘दुःखी आत्मा’बीच को पहिला जाने प्रतिस्पर्धा छ । यसपछि भने ‘लोकल हिरो’, ‘वरिष्ठ बलराम’, ‘गाउँ नै रमाइलो ‘आदि फिल्मले पालो पाउनेछन् । 

यो परिस्थिति हेर्ने हो भने नेपाली फिल्मले अब केही वर्ष दयाहाङ राइको पछि–पछि दौडनुको विकल्प नै छैन । अर्थात उनी आफ्नो करियर कै सबैभन्दा सफल समयमा रहेको अनुमान गर्न सकिन्छ ।

हुन त ‘कवड्डी’ सिरिज अघि आफ्ना फिल्म व्यावसायिक रूपमा सफल नरहे पनि उनी खाली हात बस्न परेन । तर अहिले लगातार ‘हिट’ फिल्म दिएर आफूलाई प्रमाणित गर्ने बाटाेमा उनी छन् ।

तर उनमाथि संख्यामात्रै हेर्ने गरेको र एकै शैली हाबी हुन थालेको चर्चा सुरु भइसकेको अवस्थामा उनी कहिलेसम्म चल्छन त्याे भने समयले नै बताउने छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?