मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अनुहारमा चमक चाहनुहुन्छ ? खानुहोस् यी खानेकुरा

काठमाडौँ – अनुहार सफा, चम्किलो होस् भन्ने सबैको चाहाना हुन्छ । हामीले यही अनुहारको लागी निकै खर्च गरी रहेका हुन्छौ । हुन पनि बरु एक छाक नमिठै खाउ तर चिटिक्क बनुम भन्ने सोच अहिलेका युवापुस्तामा बढ्दो छ ।

हामी बजारका हरेक प्रडक्टमा नजर लगाउँछौ र सकभर सबै एक–एक पटक भए पनि प्रयोग गरेर भ्याउँछौ । यसले नभए अर्को ले त होला नि भनेर । 

तर भनिन्छ नि वास्तविकता जे हो त्यही राम्रो । बजारमा राखिएका नाना थरीका कस्मेटिक प्रडक्टमा रकम खर्चिएर आफ्नो छालालाई केमिकल बाट आक्रान्त बनाउनु भन्दा हामीले आफ्नो खानपानमा मात्रै ध्यान दियौ भने पनि हाम्रो छाला चम्किलो र सुन्दर बन्छ । 

छाला चम्किलो बनाउने खानेकुरा :

बदाम

बदाममा भिटामिन ‘ई’ भरपुर मात्रामा पाइन्छ, जसले एन्टीअक्सिडेन्ट तत्व सरह नै काम गर्छ । यसले छालालाई सूर्यको विकिरण बाट बचाएर छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।

ग्रिन टी

ग्रिन टी का अनेकौँ फाइदाहरू छन् । त्यसमध्येको प्रमुख भनेको ग्रीन टी ले छालामा क्यान्सर हुनबाट जोगाउँछ । ग्रीन टीमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट रहेको हुन्छ । जसले छालालाई आकर्षक देखाउन तथा अनुहारमा चमक ल्याउन मद्दत गर्छ । यसको प्रयोग फेशियल, स्क्रबिङ्ग, स्टीमद्धारा पनि गर्न सकिन्छ । 

डार्क चकलेट

डार्क चकलेट छालाको लागि राम्रो मानिन्छ । डार्क चकलेटमा पाइने एन्टीअक्सिडेन्ट तत्वले छाला सुख्खा हुन पाउँदैन । साथै सूर्यको विकिरणबाट समेत छालालाई जोगाउँछ ।

गाजर

गाजरमा भरपुर मात्रामा भिटामिन ‘ए’ पाइन्छ । यसको सेवनले अनुहारको चमक बढाउँछ र अनुहार आकर्षक देखाउँछ । यसले छालामा बाहिरी पत्रमा रहेको कोशिकालाई पोषणतत्व प्रदान गर्दछ ।

पानी

अनुहारमा चमकता ल्याउन चाहनुहुन्छ भने प्रशस्त मात्रामा पानी पिउने गर्नुहोस् । धुम्रपान तथा मदिरा पानबाट टाढै बस्नुहोस् । हरेक दिन बिहान प्राणायाम गर्ने गर्नुस् ।

स्वस्थ्यकर तथा पौष्टिक तत्त्वयुक्त खानेकुराको सेवन गर्ने । अनुहारलाई मोइस्चराईज गर्ने । प्रत्येक समय घरबाट निस्कनु पूर्व अनुहारलाई राम्ररी ढाक्ने। सन्सक्रिम तथा सनग्लासको प्रयोग गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?