मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतमा दिवङ्गत गायकहरूको आवाज पुनः सिर्जना गर्न एआईको प्रयोग

काठमाडौँ–भारतीय सङ्गीतकार ए.आर. रहमानले दिवङ्गत गायकहरूको आवाज पुनः सिर्जना गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेका छन् ।

ओस्कार विजेता सङ्गीतकार रहमानले रजनीकान्त अभिनीत ‘लाल सलाम’ को गीत ‘थिमिरी येझुदा’ को लागि एआईको प्रयोग गरी स्वर्गीय पार्श्व गायक बम्बा बाक्या र शाहुल हमिदको आवाज पुन सिर्जना गरेका हुन् ।

उनले हालै एआई टूलको प्रयोग र गायकका परिवारलाई क्षतिपूर्तिको बारेमा स्पष्टीकरण समेत जारी गरेका छन् ।

भारतीय मिडियाहरूका अनुसार उनले दिवङ्गत गायकका परिवारबाट अनुमति लिएका र उनीहरूको भ्वाइस एल्गोरिदम प्रयोग गर्नका लागि उपयुक्त पारिश्रमिक पठाएको बताएका छन् ।

यस्तै उनले प्रविधिको सही प्रयोग गरेमा कुनै जोखिम वा समस्या नहुने कुरा पनि स्पष्टीकरणमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?