मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युवराज चौलागाईँको स्वरमा ‘नझुक्काऊ मलाई’ गीत सार्वजनिक

काठमाडौं । गायक युवराज चौलागाईँको स्वरमा रहेको गीत ‘नझुक्काऊ मलाई’ को श्रव्य दृश्य सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गीतमा दीपिका थापा रिमालको शब्द रचना तथा युवराज चौलागाईँको सङ्गीत र स्वर रहेको छ ।

शान थापाले निर्देशन गरेको यसको भिडियोमा गायक चौलागाईँ आफैले अभिनय गरेका छन् । उनी परपुरुषसँग प्रेममा रहेकी तथा सम्पत्तिको लागि विवाह गरेकी युवतीको पतिको भूमिका निभाएका छन् ।

भिडियोमा मोडल कुसुम शर्मा र विकास लामिछानेको समेत अभिनय रहेको छ । मेनुका ढकालले सहायक भूमिकामा अभिनय गरेकी छन् । भिडियोको अवधारणा राज आचार्यको हो ।

भिडियोलाई अर्जुन तिवारी र उनको टिमले छायाङ्कन गरेको छ भने मिलन विश्वकर्माले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?