मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आवेदन खुल्यो

काठमाडौं – नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौं संस्करण आगामी असार ६ देखि ९ ‘जुन २०-२३’ गतेसम्म हुने भएको छ। अमेरिकाको मेरील्याण्ड राज्य र वासिङ्गटन डिसी क्षेत्रमा आयोजना गरिने फेस्टिभलको आवेदन समेत खुला गरिएको छ।

महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशन लगायत विधाका चलचित्रहरू प्रदर्शन गरिनेछन्। नेपाल, अमेरिका र दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरू महोत्सवमा उच्च प्राथमिकतासहित देखाइने छ।

अमेरिकाको वासिङ्गटन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ अन्तर्गत चलचित्रहरू प्रदर्शन हुनेछन्। स्थापना कालदेखि ग्लोबल पिस फिल्म फेस्टिवल फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुदै आएका चलचित्रहरू यो वर्ष पनि समावेश हुने जनाइएको छ।

गैरनाफामुलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ।‘यसअघि भौतिक रुपमै आयोजना भएको महोत्सवले आउँदो फेस्टिभलले उत्साहित भएका छौं। यसले सम्पुर्ण दर्शक तथा सहभागीमा मनोरञ्जन र ज्ञान आदानप्रदानको फरक अनुभूती गराउने विश्वास लिएका छौं,’ महोत्सवका निर्देशक युवाकर राजकर्णिकारले भने।

अन्तराष्ट्रिय चलचित्रकर्मी सम्मिलित समितिले आवेदन परेका मध्येबाट चलचित्रहरू प्रदर्शनका लागि छनोट गर्नेछ। प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ।

साथै फेस्टिभलमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशाला समेत हुनेछन्। हरेक चलचित्र प्रदर्शनपछि त्यसका निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?