मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मेयर बालेनले गरे अमेरिकी राजदूतसँग यस्तो प्रस्ताव

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर. थम्प्सनले शिष्टाचार भेट गरेका छन् । प्रमुख शाहको कार्यकक्षमा भएको भेटघाटमा आपसी विषयमा कुराकानी मेयर बालेनको सचिवालयले जनाएको छ ।

भेटका क्रममा प्रमुख शाहले भने, ‘आपसी कार्यक्रमका रुपमा हामीले आइटी ‘सूचना प्रविधि’ को तालिम चलाउन सक्छौँ । यसबाट अमेरिकन कम्पनीले कामका लागि जनशक्ति पाउँछन् । नेपाली युवाहरुले आय आर्जन गर्न पाउँछन् । यससँगै उनीहरु विश्वबजारका लागि दक्ष जनशक्ति बन्न सक्छन् ।’ प्रमुख शाहले भने, ‘युनेस्को रचनात्मक सहर सञ्जालअन्तर्गत चलचित्र विधामा जोडिएर काठमाडौंले काम गरिरहेको छ । यसमा हलिउडका चलचित्र निर्माता, निर्देशक, कलाकार, वितरकसँग आपसी कार्यक्रम तय गर्न दूतबासले सहजीकरण गरिदिनेछ भन्ने अपेक्षा गरेका छौँ ।’

भेटका क्रममा राजदूत थम्प्सनले भने, ‘हामी यहाँका सिर्जनात्मक कार्यक्रमहरुमा सहभागी हुन तथा यस्ता कार्यक्रममा अमेरिकाकातर्फबाट विज्ञ, व्यापारिक, सामाजिक तथा नागरिक तहको सम्बन्ध बढाउन सहजीकरण गर्न सकारात्मक छौँ ।’

नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा अमेरिकाबाट प्रतिनिधित्व गर्ने क्षेत्रगत प्रतिनिधि र कार्यक्रम महानगरपालिकासँग सम्बन्धित हुन सक्छन् । त्यस ठाउँमा सम्भावित कार्यक्रमका बारेमा छलफल गर्न सकिन्छ । छलफलमा धारणा राखिएको थियो । थम्प्सनले प्रमुख शाहलाई अमेरिका भ्रमणको निमन्त्रणा दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?