मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘फाइटर’ को प्रदर्शन निराशाजनक

काठमाडौं- ऋतिक रोशन र दीपिका पादुकोणको फिल्म ‘फाइटर’ ले आशा गरेजस्तो प्रदर्शन गर्न सकेको छैन । फिल्म निकै सकारात्मक रिभ्युको साथमा रिलिज भएको थियो । फिल्मको कहानी इमोशनल भएको अनि भिजुअल पनि शानदार भएको भन्दै यसको प्रशंसा भएको थियो ।

फिल्ममा ऋतिकको अभिनयलाई धेरैले मन पराएका थिए । फिल्मको ट्रेलरले शानदार प्रतिक्रिया पाएको भए पनि ऋतिकले आशा गरेजस्तो फिल्मको सुरुवात भएन । गणतन्त्र दिवसको दिनमा फिल्मले राम्रो कमाई गरेको थियो । फिल्मले एकै दिनमा ४१ करोड भारुभन्दा धेरैको कमायो ।

आइतबार र सोमबार पनि फिल्मको कमाई ठिकठाक थियो । तर सोमबारको परीक्षामा फाइटर निकै कमजोर बन्यो । आइतबारको तुलनामा सोमबार कमाई ७० प्रतिशतसम्म कम भयो । मंगलबारको कमाई पनि खासै राम्रो छैन ।

आइतबार ३० करोड भारु कमाएको फाइटरले सोमबार ८ करोड भारु मात्रै कमाएको छ । फिल्मको ओपनिङ कलेक्सन २४ करोड ६० लाख भारुको तुलनामा सोमबारको कमाई निकै कम हो ।

छैटौँ दिन पनि फिल्मको कमाई राम्रो नभएको बताइएको छ । फिल्मले मङ्गलवार जम्मा ७ करोड भारु कलेक्सन गरेको छ । ६ दिनमा फिल्मले घरेलु बक्स अफिसमा १३७ करोड भारु मात्रै कमाएको छ ।

पहिलो ७ दिनमा फिल्मको कलेक्सन १४५ करोड पनि नपुग्ने देखिएको छ । फाइटर यो वर्षको सबैभन्दा ठुलो बजेटको फिल्म हो । यो फिल्ममा झन्डै २५० करोड भारु खर्च भएको छ ।

ऋतिक रोशन र दीपिका पादुकोण जस्ता ठूला स्टार र सिद्धार्थ आनन्दजस्तो ब्लकबष्टर निर्देशक भएकोले पनि फिल्मले बक्स अफिसमा लामो छलाङ लगाउने आशा गरिएको थियो । तर अहिलेसम्म फिल्मको व्यापार हेर्दा यो औसतभन्दा सुस्त गतिले अगाडि बढिरहेको देखिन्छ ।

स्रोत- एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?