मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेरिका जान महङ्गो पर्ने, बढ्यो भिसा शुल्क

काठमाडौं- अमेरिका जानु धेरै नेपालीको सपना हो । अध्ययन, रोजगार, घुमफिर, पारिवारिक भेटघाटजस्ता उद्देश्यले हरेक वर्ष हजारौँ नेपालीहरु अमेरिका गइरहेका हुन्छन् ।

तर अब भने अमेरिका जान अझ महङ्गो हुने भएको छ । अमेरिकाले भिसा शुल्क बढाएसँगै अमेरिका जान महङ्गो हुने भएको हो ।

अमेरिकाले एच १ बी, एल १ र ईबी ५ जस्ता ननइमिग्रेन्ट भिसाकोे शुल्क बढाएको हो । पछिल्लो पटक बढेको शुल्क भने आगामी अप्रिलदेखि बल्ल लागू हुने अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

पछिल्लो शुल्कवृद्धि अनुसार एच १ बी भिसाको शुल्क ४६० डलरबाट बढाएर ७८० डलर पु¥याइएको छ । त्यसबाहेक यो श्रेणिको भिसाको रजिस्ट्रेसन शुल्क पनि १० डलरबाट बढेर २१५ डलर पुगेको छ ।

त्यस्तै, एल १ भिसाको शुल्क ४६० डलरबाट बढेर १ हजार ३८५ डलर पुगेको छ । त्यसैगरी ईबी ५ भिसाको शुल्क ३ हजार ६७५ डलरबाट ११ हजार १६० डलर पुगेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?