मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रहेनन् कलाकार तथा चराविज्ञ हेम पौडेल

काठमाडौं- वरिष्ठ कलाकार तथा चराविज्ञ हेम पौडेलको ८३ वर्षको उमेरमा निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार लामो समयदेखि मुटु तथा मृगौला रोगले पीडित पौडेलको गङ्गालाल अस्पतालमा बुधबार साँझ उपचारको क्रममा निधन भएको हो । काठमाडौंको बत्तीसपुतलीमा वि.सं १९९७ सालमा उनको जन्म भएको थियो ।

गङ्गालाल अस्पताल परिसरमा श्रद्धाञ्जली अर्पणपश्चात् उनको पार्थिव शरीर शिक्षण अस्पतालमा हस्तान्तरण गरिएको छ । परिवारका अनुसार शरीर दान गरिएकोले शिक्षण अस्पतालमा हस्तान्तरण गरिएको हो ।

३० को दशकदेखि उनी निरन्तर रुपमा कला क्षेत्रमा छन् । विशेषगरी उनले चराको अनुसन्धानसँगै चित्रहरु सिर्जना गरेका छन् । ‘द हिमालयन बर्डस्,’ ‘चिल्ड्रेन मेमोरी गेम कार्ड २०६३’ जस्ता संग्रहहरुमा उनका चराका चित्रहरु समावेश गरिएका छन् ।

‘नेपालका चराहरु’, ‘द हिमालयन बर्ड्स’ लगायतका उनका चरासम्बन्धी लेख समेटिएका पुस्तकहरु समेत प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?