मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

श्रीमान् सुकिलोमुकिलो नभएको भन्दै महिलाले हालिन् मुद्दा, सम्बन्ध विच्छेद गर्न अदालतको आदेश

काठमाडौं- आफ्नो श्रीमान् सफा, सुकिलो, र चिटिक्क होस् भन्ने हरेक श्रीमतीको चाहना हुन्छ । व्यक्तिगत सरसफाइ नगर्ने, सास गन्हाउने, पसिनाको गन्ध आउने, हप्तौँसम्म ननुहाउने र दाँत पनि नमाझ्ने श्रीमानसँग जीवन बिताउन कसलई पो मन लाग्दो हो ? टर्कीमा यस्तै श्रीमानबाट पीडित एक जना महिलाले अदालतमा मुद्दा हालेकी छिन् ।

नियमित ननुहाउने, जीउबाट पसिना पनि ठुस्स गन्हाउने र दाँत पनि हप्तामा एक दुई पल्ट मात्रै माझ्ने गरेको भन्दै आफ्नै श्रीमानविरुद्ध ती महिलाले मुद्दा हालेकी हुन् ।

ती महिलाको पहिचान भने सार्वजनिक गरिएको छैन । टर्कीका सञ्चार माध्यमका अनुसार ती महिलालाई ए.वाई. नाम दिइएको छ । अदालतमा उनले श्रीमानसँग सम्बन्ध विच्छेदको माग गर्दै अंकारास्थित १९ औँ पारिवारिक अदालतमा मुद्दा हालेकी हुन् ।

पीडितले आफ्ना श्रीमानले पाँच दिनसम्म पनि लुगा नफेर्ने, कयौँ दिनसम्म एउटै लुगा लगाउने, नियमित नुहाउने र शरीरबाट जतिबेला पनि पसिनाको दुर्गन्ध आउने गरेको आरो लगाएकी थिइन् ।

महिलाको आरोप पुष्टि गर्न अदालतमा डाकिएका साक्षीहरुले पनि उनका श्रीमानले व्यक्तिगत सरसफाइमा ध्यान नदिने गरेको बयान दिएका थिए ।

उक्त अदालतले सम्बन्ध विच्छेद गरिपाऊँ भन्ने महिलाको मागलाई स्वीकार गरेको छ भने श्रीमानलाई ५ लाख टर्कीस लिरा अर्थात् झण्डै करिब २२ लाख नेपाली रुपैयाँ क्षतिपूर्ति पनि तिर्न पनि आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?