मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विदेश पठाइदिने भन्दै करोडौं ठगेको आरोपमा एकजना पक्राउ

जोयनेपाल
6k
Shares
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ६०० भन्दा बढी नागरिकलाई ठगेको आरोपमा पक्राउ गरी आज सार्वजनिक गरेको विकाश वाइबा भनिने सुजन तामाङ । युरोपियन मुलुक पठाउँछु भन्दै तामाङले रु ६९ करोड ठगी गरेको प्रहरीले जनाएको छ । तस्बिर : विमलबहादुर विष्ट÷रासस

काठमाडौं – विदेशमा पठाइदिने भन्दै करोडौँ ठगेको आरोपमा एकजना पक्राउ परेका छन् । माल्टा, पोल्याण्ड, क्रोसिया, क्यानडालगायत विभिन्न देशमा पठाइदिने भन्दै करोडौँ ठगेको आरोपमा विकास वाइवा भन्ने सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

बालाजुमा युरो वीङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेर ६०० भन्दा बढी व्यक्तिबाट करोडौं रुपैयाँ लिएर गठी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

विकाश वाइवाको नक्कली परिचय पत्र बनाएर उनी ठगीमा संलग्न भएको प्रहरीले जनाएको छ । एकजनाबाट ५० हजारदेखि ५ लाखसम्म ठगी गरेको देखिएको प्रहरीले जनाएको छ ।

बुधबार पक्राउ परेका उनलाई बिहीबार सार्वजनिक गर्दै प्रहरीले आरोपित तामाङले गठीको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ति मेनपावर वसुन्धरामा ५० लाख बराबरको सेयर किनेको र ३५ लाखमा हुण्डाईको क्रेटा गाडी खरिद गरेको पाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?