मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिञ्जामा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि बाटो खुल्यो

जुम्ला – सिञ्जा गाउँपालिकाको–६ स्थित भाडगाउँको दिलौरीमा स्थापना हुने बहुप्राविधिक शिक्षालय स्थापनाका लागि बाटो खुलेको छ । शिक्षालयलाई चाहिने जग्गा पास भएको छ ।  

गाउँपालिकाको लगातारको लामो प्रयासपश्चात प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ‘सिटीइभिटी’ले स्वीकृति प्रदान गरेसँगै दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापनाको काम अब अगाडि बढ्ने गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

हालसम्म कुल १७ हजार एक सय ६५ वर्गमिटर जग्गा प्राप्त भएको छ । बाँकी थप जग्गा प्राप्तिको क्रममा रहेको गाउँपालिकाका अध्यक्ष धितालको भनाइ छ । सिटीइभिटी सानोठिमी भक्तपुरले सिञ्जालाई बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृति प्रदान गरेको सिटीइभिटी पोलिटेक्निक महाशाखाका निर्देशक देवेशचन्द्र देवकोटाले जानकारी दिए ।

भौतिक पूर्वाधार निर्माण तथा आर्थिक सुनिश्चितता सरकारले गर्नेगरी आङ्गिक शिक्षालयका लागि औपचारिकरूपमा जग्गा पास भएको गाउँपालिकाका सूचना अधिकारी मित्रलाल धितालले जानकारी दिए। सरकारले आफ्नै लगानीमा शिक्षालय स्थापना गर्ने भएको छ । यहाँका विपन्न घरपरिवारका छोराछोरीले प्राविधिक शिक्षामा सहज पहुँच हुने गाउँपालिकाका उपाध्यक्ष सितली रोकायाले बताए । 

बहुप्राविधिक शिक्षालय स्वीकृत गराउन जग्गा निःशुल्क प्रदान हुने व्यवस्था मिलाइएको थियो । समन्वयको जिम्मेवारी पालिकाले लिने र विपन्न नागरिकका छोराछोरीलाई गाउँमै प्राविधिक शिक्षा प्रदान गर्दा राहत पुग्नेलगायत समस्या दर्शाएपछि यो ठूलो उपलब्धि हासिल भएको गाउँपालिकाले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?