मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सौराहामा फिल्म फेस्टिबल आजदेखि सुरु

चितवन – सौराहामा आजदेखि ‘सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव’ सुरु भएको छ । क्याराभान नेपालको आयोजनामा रत्ननगर नगरपालिका वडा नं ७ स्थित चित्रसारी खेलमैदानमा महोत्सव सुरु भएको हो ।

पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाली चलचित्रको विकास र चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ । क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पौडेलले नेपाली चलचित्र र चलचित्रका माध्यमबाट चितवनसहित नेपालको पर्यटन विकासमा सहयोग पुर्याउन महोत्सव आयोजना गरिएको बताए ।

महोत्सवमा चलचित्र विकास बोर्डसहित विभिन्न खाना, कपडालगायतका ६० वटा कक्ष छन् । दैनिक पाँच हजार दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा आयोजकको छ । दैनिक सांस्कृतिक कार्यक्रम हुनेछन् । महोत्सवमा सिनेमा, बृत्तचित्र र छोटा चलचित्र विधामा अवार्ड प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?