मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सीभी बनाउन खोज्दै हुनुहुन्छ ? प्रयोग गर्नुहोस् यी एप

काठमाडौँ– धरै जसो कार्यालयमा जागिरको लागि आवेदन दिँदा व्यक्तिगत विवरण समेत पेस गर्नुपर्ने हुन्छ । जसलाई बायोडाटा अर्थात् सीभी भन्ने गरिन्छ ।

यसरी कामका लागि आवेदन दिँदा अति आवश्यक मानिने बायो डाटा केही रकम तिरेर बनाउन सकिन्छ । 

तर प्रविधिको विकाससँगै विभिन्न सुविधाहरू उपलब्ध हुने क्रममा सटिक र प्रभावकारी रूपमा बायो डाटा बनाइदिने केही एपहरू पनि बजारमा आएका छन्, जसको बारेमा आज हामी यहाँ चर्चा गर्दै छौ ।

१.माई रेजुमी–सीभी बिल्डरः माई रेजुमी–सीभी बिल्डर एपको प्रयोग गरी तपाइले आफ्नो बायो डाटा बनाउन सक्नुहुन्छ । 

बायो डाटा बनाउँदा चाहिने सामान्य जानकारीहरू यस एपमा उपलब्ध गराएपछि चाहे अनुसारका विभिन्न फर्म्याटमा सीभी बनाउन सक्नुहुन्छ । 

२. मेक माई रेजुमीः यो एपमा सबैभन्दा पहिले टेम्प्लेट छान्नुपर्छ । त्यसपछि आफ्ना जानकारी उपलब्ध गराउनुभयो भने यसले तुरुन्तै तपाईँको बायोडाटा बनाइदिनेछ । । 

३. माई रेजुमीः माई रेजुमीमा सबैभन्दा पहिले आफ्ना आधारभूत जानकारी प्रविष्ट गर्नुपर्ने हुन्छ । यसमा फन्ट टाइप, कलर, साइज तथा यस प्रकारका तथ्यहरूको चयन गर्न सकिने फिचर समेत उपलब्ध छ ।

४. रेजुमी एपः यो एपमा लग इन गर्नका लागि भने फेसबुकको आवश्यकता पर्दछ ।  यसमा सिधै फेसबुक अकाउन्टबाट समेत आवश्यक जानकारी तान्न सकिन्छ ।

५.सुपर रेजुमी प्रोः यो रेजुमी मेकर एपमा पनि सबैभन्दा पहिले एउटा टेम्प्लेट छान्नुपर्ने हुन्छ । र आवश्यक जानकारी चढाइसकेपछि बायोडाटा तयार हुने गर्दछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?