काठमाडौँ – बलिउड स्टार शाहरुख खानले छोरी सुहाना खानसँग अभिनय गरेको एक फिल्मको काम रोकिएको खबर सार्वजनिक भएको छ ।
यो वर्ष उनी जोडिने सक्ने चर्चा भएको फिल्मको सूचिमा छोरी सुहानाले गर्दै गरेको फिल्म समेत थियो । नाम सार्वजनिक नगरिएको यो फिल्ममा उनी पहिलो पटक छोरी सुहानासँग स्क्रिन शेयर गर्दै थिए ।
जुन फिल्मको काम रोकिएको खबर बाहिरिएको हो । रिपोर्टहरूमा बताइए अनुसार शाहरुखले छोरी सुहानालाई आफूसँग अनुचित तुलना गरेको मन पराउँदैनन् । त्यही कारण पनि यो फिल्मको काम रोकिएको बताइएको छ ।
सुहानाले सन् २०२३ मा फिल्म ‘द आर्चिज’बाट अभिनयमा डेब्यू गरेकी थिइन् ।
सुहाना र खुसी कपुरको अभिनय रहेको फिल्म ‘द आर्चिज’ दर्शकले खासै मन पराएनन् । यो फिल्म ओटिटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया