मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

माघ २२ गते देशभरका सिनेमा हल बन्द गर्ने नेपाल चलचित्र सङ्घको घोषणा 

काठमाडौँ– हल व्यवसायी तथा वितरकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घले चलचित्रमा लगाइने गरेको विकास शुल्कलाई खारेज गर्नुपर्ने माग गरेको छ ।

सिनेमा हल सञ्चालकहरूले भ्याट बाहेक विभिन्न शीर्षकमा राज्यले लगाएका सबै कर समेत खारेज हुनुपर्ने माग राख्दै विरोध गर्ने जनाएका छन् । 

हल सञ्चालकहरूले चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर, कर्पोरेट करलाई खारेज नै गर्नु पर्ने माग सहित यही २२ माघमा देशभरका सिनेमा हल बन्द गर्ने घोषणा गरेका छन् ।

हल व्यवसायी तथा वितरकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घले मंगलबार एक विज्ञप्ति जारी गर्दै यी मूल्य अभिवृद्धि करबाहेक सबै कर खारेज गरिनु पर्ने माग गरेको हो ।

यी करहरूको विरोधमा देशभरका सिनेमा हलहरू एक दिन भए पनि बन्द गर्ने निर्णय गरिएका नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले बताए ।

यी सबै करहरू अव्यवहारिक भएकाले पनि नयाँ हलहरू खुल्नुको साटो भएका सिनेमा हलहरू पनि बन्द भइरहेको महासचिव महर्जनले बताए ।

यस्तै नेपाल चलचित्र सङ्घका उपाध्यक्ष गोपालकाजी कायस्थले पनि सिनेमा हल बन्द गर्ने क्रमलाई आउँदा दिनमा पनि अघि बढाउने बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?